Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुन सक्ने सङ्केत गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेलगत्तै ट्रम्पले यस्तो बताउनुभएको हो । उहाँका अनुसार प्रस्तावित सम्झौतामा युक्रेनसँगै युरोपका अन्य देश पनि सहभागी हुन सक्नेछन् । तर सम्झौताका मुख्य प्रावधान, सहभागी हुने देश र रुस–युक्रेनले गर्नुपर्ने सम्भावित सहमतिबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन । ट्रम्प र दिमित्रीभबीचको भेटवार्ताले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै अमेरिका र रुसले युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गरिरहेको हुन सक्ने प्रश्नसमेत उठाएको छ । यसैबीच, अमेरिकी मध्यस्थतामा रुस र युक्रेनका प्रतिनिधिबीच संयुक्त अरब इमिरेट्सको अबुधाबीमा वार्ता हुने तयारी छ । कूटनीतिक प्रयास तीव्र भए पनि दुवै देशबीचका मतभेद अझै कायमै छन् । हवाई तथा ड्रोन आक्रमणसमेत जारी रहेकाले युद्ध अन्त्यका लागि तत्काल ठोस सहमति हुने सम्भावना भने अझै अनिश्चित देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
OthersJust now

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह–आयोजनामा सम्मेलन गरिएको हो । कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ ...

पर्दाफास
मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास
Latest NewsJust now

मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । शमीले सामाजिक सञ्जाल एक्समा ‘सेतो जर्सीलाई बिदाइ गर्दैछु, तर यससँग जोडिएका सम्झनालाई कहिल्यै बिर्सने छैन’ भन्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् ।‘पहिलोपटक भारतको टेस्ट जर्सी लगाउँदा देशका लागि केही गर्ने ...

केन्द्रबिन्दु
जाइकाले सुरु गर्‍यो बीपी राजमार्गको पुनःनिर्माण, २ अर्ब ६० करोड खर्च लाग्ने
Economy & BusinessJust now

जाइकाले सुरु गर्‍यो बीपी राजमार्गको पुनःनिर्माण, २ अर्ब ६० करोड खर्च लाग्ने

काठमाण्डु– प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग २ अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख […] ...

काठमाण्डुपाटी
भन्सार विभागका विभिन्न कर्मचारीकाे सुरुवा (सूचीसहित)
Latest NewsJust now

भन्सार विभागका विभिन्न कर्मचारीकाे सुरुवा (सूचीसहित)

काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले नेपाल प्रशासन सेवा, राजस्व समूहका शाखा अधिकृत तथा भन्सार अधिकृतहरूको सरुवा तथा काज हेरफेर गरेको छ। भन्सार विभागको कात्तिक २० गतेको निर्णयानुसार विभिन्न भन्सार कार्यालयहरू... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play