Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
Photo / Coverage: कर्पोरट खबर

पोखरा । चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । परियोजनाको कुल प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेको हुँदा लक्ष्य अनुसार काम भइरहेको परियोजनाको तालुक निकाय सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले जनाएको छ । परियोजनाको अनुगमन पुग्नुका भएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष परियोजनाले सो जानकारी दिएको हो । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले पर्या पर्यटनका निम्ति अत्यन्तै महत्वपूर्ण मानिएको परियोजना समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले उक्त परियोजनाको मोडल सफल भए अन्य तालहरुमा पनि सोही प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने समेत बताए । कर्मचारी तथा निर्माण व्यवसायीलाई द्रुत गतिमा काम गर्न निर्देशन दिँदै परियोजना सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण मन्त्रालयले गर्ने समेत उल्लेख गरे । कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको सो परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल अनुमानित लागतको ६५.४८ प्रतिशत हो । आर्थिक वर्ष २०७३-७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो । पोखरा महानगरपालिकाका वडा नं. ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर अघि बढाइएको परियोजनाको प्रमुख उद्देश्य रुपातालको संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवद्र्धन गर्नु रहेको छ । परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध निर्माण, स्पिलवे तथा पुल निर्माण, तालको माटो व्यवस्थापन, सडक, पदमार्ग, पर्या पर्यटन बगैँचा र तालको बीचमा कृत्रिम टापु तथा मन्दिर निर्माणलगायतका संरचना प्रस्ताव गरिएको छ । परियोजनामा अहिले बाँध तथा स्पिलवेको काम अघि बढिरहेको छ । २८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कामका लागि हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ । स्पिलवे कम ब्रिजको निर्माण अन्तिम चरणमा रहेको र मुख्य बाँध तथा कार्यालय भवनको काम पनि भइरहेको परियोजनाले जनाएको छ । त्यसैगरी, तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको पनि काम भइरहेको छ । ३९ करोड ६७ लाख रुपैयाँको लागतमा भइरहेको उक्त कामको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ । आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएका तीनवटै सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा बेड बार तथा चेक ड्याम निर्माण सम्पन्न भएका छन् । दुईवटा पक्की पुलमध्ये एउटा निर्माण सकिएको छ भने आठ किलोमिटर नदी नियन्त्रणको लक्ष्यअनुसार ६ किलोमिटर तटबन्ध निर्माण भएको छ । परियोजनाको संरचना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि अघि बढाइएको छ । स्वीकृत डीपीआरअनुसार कुल १ हजार ४७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि आयोजनाको तत्कालीन आवश्यकता १ हजार २०० रोपनी रहेको छ । हालसम्म १ हजार ३४ कित्ताको १ हजार १८ रोपनी जग्गा अधिग्रहण गरिएको छ । यस क्रममा २३ वटा घरटहरा व्यवस्थापन गरिएको र मुआब्जा तथा जग्गा अधिग्रहणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ । परियोजनामा कुल ५६९ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म २२२ वटा कटान गरिएको छ । यसका लागि करिब १ अर्ब २९ करोड रुपैयाँ खर्च भएको विवरण आयोजनाले सार्वजनिक गरेको छ । तर इको फुटट्रेल निर्माणमा भने वनसम्बन्धी प्रक्रिया र रुख कटानको विषयले चुनौती सिर्जना गरेको छ । यसैबीच, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले चालु आर्थिक वर्ष २०८३÷८४ मा विभिन्न कार्यक्रमका लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको आयोजना प्रमुख कृष्ण प्रसाद डुम्राकोटीले जानकारी दिए । जलस्रोत संरक्षण, टारबजार संरक्षण, नदी नियन्त्रण, पहिरो व्यवस्थापन, एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन र सिँचाइ संस्थागत विकास यस वर्षका प्रमुख कार्यक्रम हुन् । आयोजनाको कार्यक्षेत्र कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ गरी छ जिल्लामा फैलिएको छ । आगामी दिनमा तनहुँको चुँदी खोला नियन्त्रण तथा मनाङका तालबजार र चामे बजार संरक्षणका आयोजना अघि बढाउने तयारी पनि गरिएको छ । The post रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आठ जिल्लाका सीडीओ परिवर्तन, अध्यागमन विभागको महानिर्देशकमा घिमिरे
Latest NewsJust now

आठ जिल्लाका सीडीओ परिवर्तन, अध्यागमन विभागको महानिर्देशकमा घिमिरे

काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गर्दै ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। गृह मन्त्रालयले मंसिर ११ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। जसअनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ भने यसअघिका महानिर्देशक रामचन्द्र तिवारीलाई ...

केन्द्रबिन्दु
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग
Latest NewsJust now

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ। सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा क... ...

नेपालखबर
सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापनाबारे अर्थमन्त्रीसँग सांसद कार्कीको छलफल
Latest NewsJust now

सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापनाबारे अर्थमन्त्रीसँग सांसद कार्कीको छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापना गर्ने विषयमा छलफल गरेकी छन्। भेटमा टमाटर प्रशोधन युनिट स्थापनाको कार्यविधि, आवश्यक बजेट विनियोजन तथा निजी क्षेत्रको लगानी र सहभागिताका सम्भावनाबारे छलफल भएको सांसद कार्कीले बताएकी छन्। सर्लाही टमाटर उत्पादनका लागि देशकै प्रमुख जिल्लामध्ये एक हो। सर्लाहीमा मात्र २ हजार हेक्टर भन्दा बढी क्षेत्रमा ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement