रुपन्देहीमा कुस्ती मोह, नेपाल-भारतका ४४ पहलमान भिडे

रुपन्देही । नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१०, सगरहवा रोहिणी किनारमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता सम्पन्न भएको छ । विजयादशमी महोत्सव २०८३ अन्तर्गत संगम सहारा युवा क्लबले आयोजना गरेको दुईदिने प्रतियोगितामा नेपाल र भारतका ४४ पहलमानले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारतको मध्यप्रदेशबाट आएका रामकान्त मिश्र प्रथम भएका छन् । प्रथम भएका मिश्रले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । रुपन्देहीका धर्मेन्द्र यादव दोस्रो र गुल्मी घर भई रुपन्देहीमा बसोबास गर्दै आएका विशाल थापा तेस्रो भए । उनीहरूले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको क्लबका उपाध्यक्ष तथा मेला संयोजक चन्दन चौधरीले जानकारी दिए । प्रतियोगितामा भारतको अयोध्या, गोरखपुर, बिहार र मध्यप्रदेशलगायत क्षेत्रका पहलमान सहभागी थिए । नेपालका रुपन्देही, नवलपरासी र गुल्मीलगायत जिल्लाबाट पनि पहलमानहरूले प्रतिस्पर्धामा भाग लिएका थिए । स्थानीयस्तरमा लोकप्रिय कुस्ती खेलको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नेपाल-भारतका खेलाडीबीच आपसी सद्भाव र खेलकुद सम्बन्ध बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । कुस्ती दंगलसँगै बृहत् सांस्कृतिक कार्यक्रम र मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...

बाढीपहिरो प्रभावित म्याग्दीका सबै स्थानमा विद्युत् आपूर्ति नियमित
पाउद्वारमा हेलिकोप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको छ । ...

दूधको मूल्यमा किसान मारमा
दाङ।दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण ...

महँगीविरुद्ध लाखौँ प्रदर्शनकारी फ्रान्सका सडकमा, लाठीचार्जसँगै अश्रुग्यास प्रहार, एक हजार पक्राउ
फ्रान्सभरि लाखौँ मानिसहरू महँगी, विद्यालयहरूको दयनीय अवस्था र प्रहरीको दमनकारी शैलीविरुद्ध विरोध जनाउन सडकमा उत्रिएका छन् । ...


