Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रियाद विमानस्थलमा उडान सुरु, हुथीद्वारा थप आक्रमणको चेतावनी

रियाद विमानस्थलमा उडान सुरु, हुथीद्वारा थप आक्रमणको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
रियाद विमानस्थलमा उडान सुरु, हुथीद्वारा थप आक्रमणको चेतावनी

रियाद।यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडानहरू पुनः सुरु भएका छन्। यद्यपि, इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ। ’फ्लाइट राडार’ नामक अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाहतर्फ गइरहेको देखाएको छ। साउदी अरब र उसले समर्थन गरेको यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले, लामो समयदेखि कायम रहेको युद्धविराम यसै गर्मी याममा भङ्ग भएपछि, हालैका साताहरूमा हुथी विद्रोहीहरूको निरन्तर आक्रमणको सामना गरिरहेका छन्। यो द्वन्द्वले अमेरिका र इरानबीचको व्यापक टकरावको केन्द्रबिन्दुलाई यमनतर्फ मोडिदिएको छ र विश्वकै गरिब मुलुकहरूमध्ये एक यमनमा मानवीय संकटलाई अझ गहिरो बनाएको छ। रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार ’एक्स’मा पोस्ट गर्दै जानकारी दिएअनुसार, अक्टोबर २५, आइतबारदेखि लागू हुने गरी टर्मिनल (१) लाई आन्तरिक उडानहरूका लागि र टर्मिनल (२) लाई राष्ट्रिय वायुसेवा कम्पनीहरूद्वारा सञ्चालित अन्तर्राष्ट्रिय उडानहरूका लागि तोकिएको छ। हुथी विद्रोहीहरूले रियाद विमानस्थललाई लक्षित गरी पटक–पटक आक्रमण गरेका छन्। यसै महिना भएको एउटा आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी मानिस घाइते भएका थिए । यो साउदी अरबमा विगत एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक आक्रमण थियो। हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले विमानस्थल अझै पनि असुरक्षित रहेको र यो एउटा सैन्य लक्ष्य भएको चेतावनी दिएका छन्। उनले भने, “यमनी सशस्त्र बलहरूले सबै अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय वायुसेवा कम्पनीहरू, साथै त्यहाँका कर्मचारी र यात्रुहरूलाई रियादस्थित किङ खालिद विमानस्थल प्रयोग नगर्न चेतावनी दिन्छन्, किनकि यो असुरक्षित छ र हाम्रा सेनाका लागि सैन्य लक्ष्यको रूपमा रहेको छ।” हुथी विद्रोहीहरूसँग लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुई वटा ड्रोन खसालेको जनाएको छ। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजाआराधना गरी बडादशैँ समापन
ताजा खबरJust now

आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजाआराधना गरी बडादशैँ समापन

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ आज कोजाग्रत पूर्णिमासँगै विधिवत् रूपमा समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनदेखि सुरु भएको बडादशैँ आश्विन शुक्ल पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजाआराधना गरेर समापन गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बस्ने चलन छ। ‘को जाग्रत’ अर्थात् ‘को जागेको छ?’ भन्ने अर्थ बोकेको ...

हिमालय टाइम्स
दसैँपछि साँच्चै चलायमान हुन्छ त अर्थतन्त्र ?
ताजा खबरJust now

दसैँपछि साँच्चै चलायमान हुन्छ त अर्थतन्त्र ?

काठमाडौँ । महान् चाड दसैँ सांस्कृतिक पर्वमात्र नभएर सिङ्गो देशको अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा ठुलो आर्थिक सिजन पनि हो । दसैँमा आफ्नो क्षमता अनुसार नयाँ सामान खरिद गर्ने परम्परा छ... ...

रातोपाटी
‘मत बचाऊ, देश बचाऊ’ नारासहित नोभेम्बर १ मा दिल्लीमा विपक्षीको विशाल र्‍याली
ताजा खबरJust now

‘मत बचाऊ, देश बचाऊ’ नारासहित नोभेम्बर १ मा दिल्लीमा विपक्षीको विशाल र्‍याली

• राहुल गान्धीले नोभेम्बर १ मा दिल्लीमा आयोजना हुने विरोध र्‍यालीको प्रचार गर्दै भाजपालाई व्यङ्ग्यात्मक धन्यवाद दिएका छन्। • विपक्षी गठबन्धन 'इन्डिया' ले मतदाता सूचीमा अनियमितताको आरोप लगाउँदै 'मत बचाऊ, देश बचाऊ' नारासहित र्‍याली आयोजना गर्दैछ। • व्यापारी संगठनले चाडपर्वको समयमा र्‍याली आयोजना हुँदा व्यापारमा असर पर्ने चिन्ता व्यक्त गरेको छ। ...

नेपालबहस
मिथिलामा कोजाग्रत पूर्णिमाको रौनक, जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर
ताजा खबरJust now

मिथिलामा कोजाग्रत पूर्णिमाको रौनक, जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर

जनकपुरधाम । मिथिलाञ्चलमा परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइएको छ। यस अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको रतौलीबाट १०८ भार पाहुर भित्र्याइएको छ। महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट ल्याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान् राम र माता जानकीका लागि विशेष वस्त्र समावेश छन्। ती सामग्री समर्पण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play