Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आएका थिए । उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए । साथै, उनले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे । भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो। उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गरे । The post रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याक्स टाइगरको 'दसैँ धमाका' : काठमाडौँ र विराटनगरका चार विजेतालाई बाइक र स्कुटर हस्तान्तरण
Latest NewsJust now

म्याक्स टाइगरको 'दसैँ धमाका' : काठमाडौँ र विराटनगरका चार विजेतालाई बाइक र स्कुटर हस्तान्तरण

काठमाडौँ। एउटा सामान्य इनर्जी ड्रिंकको क्यानले कतिबेला भाग्य चम्काउँछ भन्ने पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिंकको 'दसैँ धमाका २०२६' अभियानमा सहभागी भएका चार भाग्यशाली विजेताको हकमा यस्तै भएको छ... ...

रातोपाटी
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल
Latest NewsJust now

मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी लमजुङ र अनेरास्ववियु जिल्ला कमिटी लमजुङको... ...

रातोपाटी
प्रधानमन्त्री शाहले भारतीय विदेश सचिव मिश्रीसँग गरे खेल क्षेत्रमा सहकार्यको प्रस्ताव
Latest NewsJust now

प्रधानमन्त्री शाहले भारतीय विदेश सचिव मिश्रीसँग गरे खेल क्षेत्रमा सहकार्यको प्रस्ताव

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गरेका छन्। दुईदिने भ्रमणमा रहेका विदेश सचिव मिश्रीसँगको भेटमा प्रधानमन्त्री शाहले खेलकुदको क्षेत्रमा दुई देशबीच सहकार्य गर्न प्रस्ताव गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीका सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टेलिफोन संवाद र भारत सरकारले उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त ...

नेपालन्युज
संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा घरेलु टाेली लाेहरूङलाई हराउँदै सेकाहा फाइनलमा
Latest NewsJust now

संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा घरेलु टाेली लाेहरूङलाई हराउँदै सेकाहा फाइनलमा

भोजपुर । संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली लोहरुङ क्लब पाङ्मालाई पराजित गर्दै सेकाहा सामुदायिक क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाले लोहरुङलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १३औँ मिनेटमा विनोद राईले गोल गर्दै सेकाहालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि अर्थात् १७औँ मिनेटमा सविन राईले अर्को ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play