Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रास्वपा सभापति रवि लामिछाने तीनदिने पारिवारिक तीर्थयात्राका लागि भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने तीनदिने पारिवारिक तीर्थयात्राका लागि भारत जाँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सभापति रवि लामिछाने तीनदिने पारिवारिक तीर्थयात्राका लागि भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत जाने भएका छन्। लामिछाने शुक्रबार (कात्तिक ६ गते) भारत प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भ्रमणका क्रममा लामिछानेले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्नेछन्। निजी तथा पारिवारिक भ्रमणका रूपमा तय गरिएको उक्त तीर्थयात्रा तीन दिनको हुनेछ। भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द
ताजा खबरJust now

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द

ताइपेई । शक्तिशाली समुद्री आँधी ‘सुपर टाइफुन चाम्पी’ ताइवानतर्फ अघि बढेपछि पूर्वी एसियामा सयौँ हवाई उडान रद्द गरिएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै ताइवानमा विद्यालय, सरकारी कार्यालय र सेयर... ...

रातोपाटी
असोजमा कास्कीमा ५९ सवारी दुर्घटना :  ११ जनाको मृत्यु
ताजा खबरJust now

असोजमा कास्कीमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो... ...

रातोपाटी
यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे
ताजा खबरJust now

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासका कारण यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ। गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षहरूमा दसैँ बिदामा पर्यटकीय गन्तव्यहरूमा चहलपहल निकै हुने गरेको थियो। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रूपमा आन्तरिक पर्यटक आएका छैनन्। क्षेत्रीय होटल ...

नेपालन्युज
साउदी अरबको सुरक्षाका लागि बेलायतले लडाकु विमान खटाउने
ताजा खबरJust now

साउदी अरबको सुरक्षाका लागि बेलायतले लडाकु विमान खटाउने

काठमाडौं । यमनका हुथी विद्रोही समूहबाट हुन सक्ने क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट साउदी अरबको सुरक्षा गर्न बेलायतले रोयल एयर फोर्सका टाइफून लडाकु विमान खटाउने निर्णय गरेको छ। बीबीसीका अनुसार बेलायतको यो सैन्य परिचालन साउदी अरबको हवाई क्षेत्र, प्रमुख सहर र महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्ने उद्देश्यले अघि बढाइएको हो। बेलायती रक्षा मन्त्री वेस स्ट्रिटिङले उक्त अभियान रक्षात्मक हुने र हुथी समूहविरुद्ध आक्रामक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play