‘रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?’

काठमाडाैँ । पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आपत्ति जनाएका हुन् । अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेको उनको आरोप छ । केही दिन अघि अर्थमन्त्री वाग्लेले भारतमा आयोजित एक सार्वजनिक टेलिभिजन कार्यक्रममा बोल्दै ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै अभिव्यक्ति दिएका थिए । पोखरेलले अर्थमन्त्री वाग्लेको उक्त आत्मसर्पणवादी चिन्तन मुलुकको हितकर हुन नसक्ने टिप्पणी गरे । उनले अर्थमन्त्री वाग्लेको उक्त धारणाबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक गर्न समेत माग गरे । नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा अब भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? उनको प्रश्न छ । उनले सरकार र सत्तारुढ दल रास्वपाले नेपाललाई सिक्किमीकरण गर्न खोजिरहेको आशंका समेत व्यक्त गरे । उनले अहिले मुलुकको मुख्य समस्या भारत र नेपालबीचको सम्बन्धको नभई नेपालभित्रै रहेका दल र नागरिकबिच राष्ट्रियताको सम्बन्धमा भएको विरोधाभास भएको उनको भनाइ छ । उनले भने, “अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेका छन् । भारतमा गएर आत्मसर्पणवादी चिन्तन पेश गरेका छन् । जुन कुनैपनि हालतमा नेपालको हितमा हुन सक्दैन । त्यसकारण म राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियताको सवालमा दृष्टिकोण के हो ? के रास्वपाको पनि स्वर्णिम वाग्लेको जस्तै चिन्तन र दृष्टिकोण हो । र उसले आर्थिक विकासको नाममा के गर्न चाहान्छ ? मुलुकको आर्थिक विकास र सम्पन्नताको नाममा भुटान बनाउने हो ? भुटानको जस्तै सार्वभौमिकतालाई सीमित गर्ने हो, परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा अब भारतको सहमतिमा चल्ने राष्ट्रको रुपमा बनाउने स्यापलाइट राष्ट्र बनाउन चाहेको हो ? के बिस्तारै नेपाललाई सिक्किमीकरण गर्न चाहेको हो ? यसको सुरुवात शुरुमा प्रधानमन्त्री बालेन्द्रजीले नेपालले समेत भारतको सीमा मिचेको छ भनेर गर्नुभएको थियो । यही कुराको निन्तरता अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिइरहनुभएको छ । त्यसकारण अहिलेको समस्या भारत र नेपालको होइन । नेपालको राजनीतिक दल र राष्ट्रिय स्वतन्त्र पार्टी र बाँकी नेपाली जनताको बीचको अन्तरविरोध हो । आज राष्ट्रियताको हामी आफैँ विभाजित छौँ । मान्छेको चिन्तन नै विभाजित छ ।” उनले सरकारले राष्ट्रियताका सम्बनधमा आम नागरिकलाई विभाजित गर्न खोजिरहेको आरोप पनि लगाए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीले उत्कृष्ट नतिजा ल्याउँछ : मन्त्री तामाङ
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । उनले आगामी मंसिरमा कर्णालीको सुर्खेतमा आयोजना... ...

३२ रन बनाएर आउट भए हसन
काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका म्यादी हसज ३२ रन बनाएर आउट भएका छन्। बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा हसनले २१ बलमा ३२ रन... ...

दसैंमा प्रहरीको अपरेसन : १,३२७ जना पक्राउ
काठमाडौं। १ कात्तिकमा सुनसरी इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित ३६ वर्षीय बुलबुल यादव पक्राउ परे। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा गाँजासहित उनलाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा चार जना पक्राउ परिसकेका छन्। यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेटसहित बारा घर भएका २७ वर्षीय सुदिप ...

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र
पाल्पा, कात्तिक ११ गते । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस... ...


