Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

रास्वपाले किन दियो अर्थमन्त्री डा. वाग्लेलाई बधाइ ? (विज्ञप्तिसहित)

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाले किन दियो अर्थमन्त्री डा. वाग्लेलाई बधाइ ? (विज्ञप्तिसहित)
Photo / Coverage: कर्पोरट खबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री तथा उपसभापति डा. स्वर्णिम वाग्लेलाई बधाइ दिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व (टाइम १०० क्लाइमेट) को सूचीमा वाग्ले समेटिएकोमा रास्वपले उनलाई बधाई दिएको हो। महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै डा. वाग्लेलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका हुन्। पार्टीले जारी गरेको विज्ञप्तिमा वाग्लेले जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारमा लिएको नेतृत्व तथा अग्रसरता नेपालका लागि सदैव उल्लेखनीय रहेको बताइएको छ। ‘नेपाललाई संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट रकम विनियोजित हुने पहिलो देश बनाउने पहल वाग्लेले गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नागरिकका लागि अर्बौँ आर्थिक सहायता परिचालन गर्न सफल हुनु उनको अर्को महत्त्वपूर्ण योगदान हो।’ यिनै कामलाई विश्व समुदायले जानकारीमा राखेर उनलाई यो सूचीमा समेटेको पार्टीको ठहर छ। नेपालले जलवायु संकटमा नगण्य योगदान गरे पनि यसको असर भने असमान रूपमा भोगिरहेको छ। डा। वाग्लेको यो उपलब्धि उनको व्यक्तिगत प्रयासको सम्मान मात्र नभएको रास्वपाले जनाएको छ। अर्थमन्त्री डा. वाग्ले टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा The post रास्वपाले किन दियो अर्थमन्त्री डा. वाग्लेलाई बधाइ ? (विज्ञप्तिसहित) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ मा यशको धमाकेदार प्रदर्शन: रावण बन्न ३३ किलोको पहिरन
Latest NewsJust now

‘रामायण’ मा यशको धमाकेदार प्रदर्शन: रावण बन्न ३३ किलोको पहिरन

मुम्बई । मिश्रित समीक्षाका बाबजुद निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण : पार्ट १’ ले बक्स अफिसमा बलियो दबदबा कायम गरेको छ। फिल्मले पहिलो सोमबार हासिल गरेको सङ्कलन भारतीय सिनेमा इतिहासका पाँच... ...

रातोपाटी
हेग्सेथको बचाउमा ट्रम्प
Latest NewsJust now

हेग्सेथको बचाउमा ट्रम्प

वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गरेका छन्। उनले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन सांसद थोमस म्यासीलाई ‘हारेको व्यक्ति’ भन्दै आलोचना गरे। सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गर्दै भियतनाम युद्धमा ६५ हजार अमेरिकीले ज्यान गुमाएको स्मरण गरे। उनले इराक र ...

नेपालन्युज
नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल
Latest NewsJust now

नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल सम्वत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्। मंगलबार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल सम्वत् कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताएका हुन्। ‘नेपाल सम्वत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा ...

कर्पोरट खबर
बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा
Latest NewsJust now

बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानकै आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट आरोपका आधारमा कसैको धारणा बनाउन नहुने बताएका हुन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीप्रति लक्षित गर्दै बिचौलियाले भनेको भरमा नेताहरूले करोडौँ रुपैयाँ लिएको निष्कर्ष निकाल्नु ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play