Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

रास्वपाको क्याण्डिडेट क्लब : डा. नमिता यादवदेखि हिमेश पन्तसम्म सदस्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाको क्याण्डिडेट क्लब : डा. नमिता यादवदेखि हिमेश पन्तसम्म सदस्य
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न क्याण्डिडेट क्लब समिति गठन गरेको छ। समितिका संयोजक कविन्द्र बुर्लाकोटीकाे शिफारिसमा पार्टीले सदस्यहरू मनाेनित गरेकाे हाे । जसमा डा. नमिता यादव, सुलभ खरेल, शिव यादव, पारसमणि गेलाल र हिमेश पन्त सदस्य रहनुभएको छ। क्याण्डिडेट क्लब समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया बारे छलफल भएको छ। बैठकले उम्मेदवार छनोट प्रक्रियालाई संस्थागत र पारदर्शी बनाउन मुख्यतः तीनवटा विषयलाई प्राथमिकतामा राखेको छ। पहिलो, उम्मेदवार बन्न इच्छुक आकांक्षी तथा आवेदन दिएका व्यक्तिहरूबाट आवश्यक व्यक्तिगत विवरण, योग्यता, अनुभव तथा अन्य सम्बन्धित कागजात संकलन गर्ने विधि र प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल भएको छ। दोस्रो, पार्टीको परम्परागत सांगठनिक संरचनाभन्दा बाहिर रहेका विभिन्न क्षेत्रका योग्य, दक्ष र सक्षम व्यक्तिहरूलाई समेत उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्यले Lateral Entry (ल्याटेरल इन्ट्री) सम्बन्धी आवेदन फारम तयार गर्ने विषय अघि बढाइएको छ। तेस्रो, उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोध (Claim and Objection) सम्बन्धी छुट्टै फारम तथा त्यसको आवश्यक प्रक्रिया तयार गर्ने विषयमा छलफल भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आफ्नै देशमा नालापानीको नियति भोग्दै सुकुम्बासी : बालेन सरकारको शासनमा खोसियो नागरिककाे रसद-पानी !
PoliticsJust now

आफ्नै देशमा नालापानीको नियति भोग्दै सुकुम्बासी : बालेन सरकारको शासनमा खोसियो नागरिककाे रसद-पानी !

काठमाडौं, मंसिर ११ । इतिहासमा अंग्रेज सेनाले नेपाली वीर सैनिकलाई आत्मसमर्पण गराउन नालापानी किल्लामा पानीको आपूर्ति बन्द गरेको पीडादायी प्रसङ्ग पढिन्छ। पिउने पानीसमेत नपाएर नेपाली योद्धाहरूले भोग्नुपरेको त्यो यातना आज पनि इतिहासको एउटा कहालीलाग्दो अध्यायका रूपमा जीवित छ। तर विडम्बना ! आज आफ्नै देशमा आश्रय खोजिरहेका नागरिकले समेत खाना र पानीको अभावमा छटपटिनुपर्ने अवस्था सिर्जना भएको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–बोडेस्थित ...

जनताटाइम्स
रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण भोलिदेखि, कर्णालीबाट सभापति लामिछानेले उद्घाटन गर्ने
PoliticsJust now

रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण भोलिदेखि, कर्णालीबाट सभापति लामिछानेले उद्घाटन गर्ने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए । कर्णाली प्रदेशस्तरीय […] ...

काठमाण्डुपाटी
उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउन रास्वपाले बनायो क्यान्डिडेट क्लब समिति
PoliticsJust now

उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउन रास्वपाले बनायो क्यान्डिडेट क्लब समिति

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन क्यान्डिडेट क्लब समिति गठन गरेको छ। समितिको संयोजकमा कविन्द्र बुर्लाकोटी रहेका छन् भने सदस्यहरूमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल रहेका छन्। समितिको आज बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष […] ...

काठमाण्डुपाटी
इनम सापकोटाको आरोप : ‘चोलेन्द्र, गगन र उमेशविरुद्ध जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की’
PoliticsJust now

इनम सापकोटाको आरोप : ‘चोलेन्द्र, गगन र उमेशविरुद्ध जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की’

काठमाडौँ, मङ्सिर ११ । अनधिकृत कारोबार तथा उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्कमा बिचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। श्रीमती कविता पाण्डेमार्फत शुक्रबार आयोगमा दर्ता गरिएको उजुरीमा सापकोटाले आफूलाई सुरक्षाकर्मीले जबर्जस्ती बयान दिन लगाएको र परिवारसमेतलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। सापकोटाको दाबीअनुसार उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधेर ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement