राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्तालाई पद र शक्तिको दम्भ नदेखाउन चेतावनी दिएका छन् । उनले जनताले दिएको विश्वास र अभिमतलाई व्यक्तिगत स्वार्थ तथा अरूलाई अपमान गर्ने माध्यम बनाउन नहुने बताएका हुन् । शुक्रबार चितवनमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै लामिछानेले रास्वपा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदैमा नेता–कार्यकर्ताले आफ्नो धरातल बिर्सन नहुने बताए । शक्ति र जिम्मेवारी बढेसँगै जनताप्रतिको जवाफदेहिता पनि बढ्नुपर्ने उनको भनाइ थियो । उनले प्रहरी ...
रास्वपाका नेता–कार्यकर्तालाई रविको चेतावनी : जनताको अभिमत दुरुपयोग नगर्नू

Read Complete Original Article
Published originally on फरकधार






