Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई एकताको सूत्रमा अझ सुदृढ रूपमा बाँध्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै धेरै नागरिकले ज्यान गुमाउनुपरेको तथा हजारौँ परिवार घरबारविहीन र विस्थापित भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको बडादसैँका अवसरमा लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको शुभकामना दिएका छन् । नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै उनले दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

बडादशैंको टीका सुरु, मान्यजनबाट टीका र जमरा लगाइँदै
ताजा खबरJust now

बडादशैंको टीका सुरु, मान्यजनबाट टीका र जमरा लगाइँदै

• आज बडा दशैंको मुख्य दिन, मान्यजनबाट नवदुर्गाको प्रसादको रूपमा रातो टीका र जमरा लगाइँदै छ। • बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका थाप्न सुरु भएको भए पनि दिनभर टीका ग्रहण गर्न सकिने बताइएको छ। • टीकापछि काठमाडौंबाट सवारीसाधन सञ्चालन भइरहेका छन् र आजदेखि पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन जारी रहनेछ। ...

नेपालबहस
राष्ट्रपति  पौडेलद्वारा शुभसाइतमा दसैँको टीका र जमरा ग्रहण
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा दसैँको टीका र जमरा ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत १० बजेर २६... ...

रातोपाटी
एमालेकी पूर्व सचेतक सुनिता बरालले काठमाडौंमा मनाइन् दसैँ
ताजा खबरJust now

एमालेकी पूर्व सचेतक सुनिता बरालले काठमाडौंमा मनाइन् दसैँ

काठमाडौं । नेकपा एमालेकी पूर्व सचेतक सुनिता बरालले यस वर्षको विजया दशमी काठमाडौंमै मनाएकी छन्। उनले बुधबार दसैँको शुभसाइतमा परिवारका सदस्यको हातबाट टीका र जमरा ग्रहण गरेकी हुन्। बरालको गृहजिल्ला झापा भए पनि उनले यस वर्षको दसैँ काठमाडौंमै मनाएकी छन्। The post एमालेकी पूर्व सचेतक सुनिता बरालले काठमाडौंमा मनाइन् दसैँ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and ...

कर्पोरट खबर
दसैँमा जमराको व्यापार, तस्बिरहरू
ताजा खबरJust now

दसैँमा जमराको व्यापार, तस्बिरहरू

काठमाडौँ। विजयादशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा शीरमा लगाइने जमरा विक्री गरिँदैछ। काष्ठमण्डप क्षेत्रमा बिहानै देखि जमरा किन्ने र बेच्ने मानिसको भिड लागेको छ। घटस्थापनाको दिनमा घरघरमा राखिने जमरा विभिन्न कारणले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play