Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

राष्ट्र बैंकले तीन महिनाका लागि २०० अर्बको निक्षेप संकलन गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्र बैंकले तीन महिनाका लागि २०० अर्बको निक्षेप संकलन गर्दै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९२ दिनका लागि २०० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी फागुन ५ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ । The post राष्ट्र बैंकले तीन महिनाका लागि २०० अर्बको निक्षेप संकलन गर्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्थायी कमिटीको बैठकमा सहभागी हुन नेताहरू च्यासलमा, तस्बिरहरू
Latest NewsJust now

स्थायी कमिटीको बैठकमा सहभागी हुन नेताहरू च्यासलमा, तस्बिरहरू

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ। भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज... ...

रातोपाटी
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
Latest NewsJust now

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची। नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन। ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको विविधताबारे थप जानकारी प्राप्त ...

नेपालन्युज
एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन पुगिन् विद्या भण्डारी
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन पुगिन् विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् । एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो केहीबेरमा पार्टी... ...

रातोपाटी
प्रधानसेनापतिविरुद्ध मुद्दा हाल्ने कार्की रथी हुँदै प्रधानसेनापतिको दाबेदारसम्म !
Latest NewsJust now

प्रधानसेनापतिविरुद्ध मुद्दा हाल्ने कार्की रथी हुँदै प्रधानसेनापतिको दाबेदारसम्म !

• उपरथी मधुकरसिंह कार्कीले आफ्नै प्रधानसेनापति र जंगी अड्डाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्, जसले नेपाली सेनाको बढुवा प्रणाली र नेतृत्व छनोटमा प्रश्न उठाएको छ। • कार्कीको नाम २३ लाख डलरको परामर्श खरिद विवादसँग पनि जोडिएको छ, जसको कारणले उनलाई रथी पदको बढुवामा चासोको विषय बनेको छ। • बढुवा प्रक्रियामा कार्कीको कानुनी स्थिति र संस्थागत विश्वासको मूल्यांकन आवश्यक रहेको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play