राष्ट्र बैंकले जारी गर्यो आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य बढ्दा युरो, पाउन्ड लगायत केही मुद्रा सस्तिएका थिए। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा थियो। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४४ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ १४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०९ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ १६ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा थियो। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र
घोराही समाचारदाता घोराही, कात्तिक १३ गते । दाङको धार्मिक तथा पर्यटकीय क्षेत्र बाह्रकुने दहको प्रवर्धन योजना अलपत्र परेको छ । पाँच वर्षअघि गुरुयोजना तयार गरी बाह्रकुने दहलाई जिल्लाक... ...

भुटानमा हिमताल फुट्यो : भारतका तटीय क्षेत्रमा 'रेड अलर्ट'
काठमाडौँ । भुटानको गसा जिल्लामा पर्ने लेम्थाङस्थित हिमताल फुट्दा भीषण बाढी आएको छ। बाढी मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बगेपछि पश्चिम बङ्गालका अधिकारीहरूले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता... ...

सडक कालोपत्रे हुँदै
रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), कात्तिक १३ गते । तराईलाई हिमालसँग जोड्ने सालझन्डी–ढोरपाटन सडक धमाधम कालोपत्रे भइरहेको छ । यो सडक रुपन्देहीको सालझन्डीदेखि बागलुङ ढोरपाटनसम्म १... ...

कहाँ गए सईदेखि परिचरसम्मका सात जना सशस्त्रका कर्मचारी ? सम्पर्कमा नआए कारबाहीको चेतावनी
काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना नायव निरीक्षक (सई) सहित सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन भनेको छ । हाजिर नभए कारबाही गर्ने चेतावनी दिइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएका तथा आफूखुसी लाइन ब्यारेक छाडेर लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका […] ...


