Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्रिय स्वाभीमान विरोधी अभिव्यक्ति

राष्ट्रिय स्वाभीमान विरोधी अभिव्यक्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय स्वाभीमान विरोधी अभिव्यक्ति

बालेन सरकारको परराष्ट्र नीति के हो ? के आत्मसमर्पण, अराजकता र राष्ट्रियताविरोधी दुर्भावना फैलाउनु यस सरकारको लक्ष्य हो ? प्रश्न उठ्न लागेको छ । अत्यन्त बौद्धिक मानिएका, अन्तर्राष्ट्रिय राजनीति, कूटनीति र अर्थनीति बुझेका भनेर चिनिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै भारतमा गएर दिएको अभिव्यक्ति चौतर्फी आलोचनाको घेरामा पर्नुका कारण यिनै प्रश्न हुन् । उहाँको अभिव्यक्ति आलोचनामा पर्नुका कारण उहाँले नेपाली राष्ट्रवाद बारे विवादास्पद विचार व्यक्त गर्नु भएकाले हो । स्वर्णिम वाग्लेले पहिले पनि यस्तो विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । उत्तर अमेरिकाका तत्कालीन राष्ट्रपति जेम्स मुनरोले पहिले अमेरिका र अमेरिकी प्रभाब बारे तय गर्नुभएको सिद्धान्त जसलाई मुनरो डक्ट्रिन भनेर बुझिन्छ, तदनुरूप दक्षिण एसियाली देशहरूमा सबैभन्दा शक्तिशाली भारतले भनेमा विचार गर्नुपर्ने अभिव्यक्तिका कारण वाग्ले निकै विवादमा पर्नुभएको थियो । उहाँको यो अभिव्यक्तिले दक्षिण एसियाका मुलुकहरूमा पनि भारतको सुरक्षा छहारीमा यहाँका अरू साना मुलुकहरू रहनु उपयुक्त हुने संकेत गरेपछि त्यसबेला पनि उहाँ आलोचनामा पर्नुभएको थियो । जति आलोचना गरे पनि आफ्नो विचारलाई परिवर्तन गर्नुभएको रहेनछ भन्ने हालको उहाँको अभिव्यक्तिले देखाएको छ । हुन त यो सरकार बनेयता मात्र होइन गतवर्षको भदौ अन्तिमको परिघटना पछिदेखि नै त्यो सुनियोजित घटना गराउने शक्ति को हो भन्ने प्रश्न उठिरहेको छ । जेन-जी पुस्ताले गरेको विद्रोह हो भनिए तापनि अन्तिममा जेन-जीहरू नै त्यसपछिको राजनीतिको मूलधारमा नआएका अथवा उनीहरूलाई मूलधारमा नल्याइएको कारणले पनि त्यस सन्देहलाई अझ मलजल पुगेको छ । भदौको त्यो घटना र त्यसपछिको फागुनको निर्वाचनको परिणाममा सामाञ्जस्य रह्यो । जेन-जीहरू २०८२ भदौ २३ गते नै आफ्नोविरोध प्रदर्शनबाट फिर्ता भइसकेका थिए । त्यसपछिको अराजक भिडमा को–को घुसे घाम जत्तिकै छर्लंग छ । यसकै निरन्तरता जस्तो भएको निर्वाचन-२०८२ बाट बनेको यो सरकारलाई एउटा रहस्यको घेराभित्र राखेर हेर्ने गरिन्छ । सरकारले गरेका कामहरूमा परिपक्वता छैन । दुईतिहाइको सरकार छ तर त्यो दुईतिहाइको संख्या पुर्‍याउन आएका सांसदहरू हेर्दा स्थानीय निकायको पालिकाका वडा अध्यक्ष बन्ने हैसियतका छन् भनेर विश्लेषकहरूले टिप्पणी गर्ने गरेका छन् । केही सीमित औंलामा गन्न सकिने व्यक्तिबाहेक प्राज्ञिक बौद्धिक व्यक्तिहरूको संलग्नता छैन र त्यो सडकको भिडजस्तो देखिन पुगेको छ । संसद्मा रहेका व्यक्तिहरू हुन् अथवा सरकारमा बस्नेहरू उहाँहरूबाट आएको अभिव्यक्ति जहिले विवादमा पर्ने गरेको छ । कहिले कोही क्रुर हिंसकजस्ता बनेर प्रकट भएका छन् भने प्रधानमन्त्री स्वयं हत्तपत्त बोल्नुहुन्न बोलेपछि के बोल्ने र के नबोल्ने विचार नगरी बोल्नुहुन्छ । उहाँले नेपालले भारतको सिमाना मिचेको छ भनेर दिएको अभिव्यक्ति, स्वर्णिम वाग्लेले पटक-पटक भारतपरस्त विचार व्यक्त गरेर दिनुभएको अभिव्यक्ति आदिलाई हेर्दा यो सरकारको अभिप्राय र परराष्ट्र नीति अस्पष्ट देखिन्छ । राष्ट्र र राष्ट्रियता भन्ने विषय यस्तो हुन्छ जो सरकार बदलिएर पनि नीति बदलिँदैन । कतिपय देशहरूमा त्यहाँको सरकार परिवर्तन हुनुले परराष्ट्र नीति, राष्ट्रिय नीति, कर्मचारीतन्त्र आदिमा कति प्रभाव पर्दैन, स्थायी सरकारका रूपमा त्यो निरन्तर चलिरहन्छ । हाम्रो छिमेकी देश भारतमा पनि सरकार परिवर्तनले परराष्ट्र नीति, सुरक्षा संवेदनशीलता र कर्मचारीतन्त्रमा कुनै प्रभाव पर्दैन । हाम्रोमा भने सरकार परिवर्तन हुनासाथ अरू सम्पूर्ण क्षेत्रमा आमूल परिवर्तन गर्ने प्रयास हुन्छ । यो सरकार बनेयताका यस्ता विवादास्पद अभिव्यक्तिहरूले सरकारको राष्ट्र, राष्ट्रियता र परराष्ट्रसम्बन्धी स्पष्ट विचार के हो भन्ने खुल्न सकेको छैन । सरकार बन्नासाथ भारतमा निर्वासित जीवन व्यतित गरिरहनु भएका धार्मिक गुरु दलाई लामाले सरकारलाई बधाई दिनु, २०८२ भदौको अराजक भिडमा त्यहाँ फ्रि तिब्बतका नारा लाग्नु, टिओबी लेखिएका पोशाक लाएका व्यक्तिहरू आन्दोलनमा मिसिनु र केही महिना पहिले नेपालमा पनि दलाई लामाको जन्मदिन मनाउने प्रयास हुनु यस्ता सन्देहका घटनाहरू हुन् । स्वर्णिम वाग्ले किन पटक-पटक यस्ता विवादास्पद अभिव्यक्ति दिँदै हुनुहुन्छ, कुरा विचारणीय छ । अनावश्यक रूपमा अर्को देशको विरोध गरेर आफू कडा राष्ट्रवादी बन्न खोज्ने प्रयास हुनु र आफ्नो स्वाभिमानमा समेत आँच पुग्नेगरी विदेशभक्ति देखाउनु अथवा विदेशका पाउमा आफू लम्पसार पर्नु आफ्नो स्वाभिमान गुमाउनु समान कृत्य हुन् । अर्थमन्त्री वाग्लेले सम्बोधनका क्रममा ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ विचार व्यक्त गर्नुभएको थियो । उहाँको यस विचारको अहिले चौतर्फी विरोध भइरहेको छ । पूर्वपरराष्ट्र मन्त्री कमल थापाले नेपाली राष्ट्रियतामाथिको यो ठाडो अवमूल्यन हो भन्ने प्रतिक्रिया दिनुभएको छ । यसैगरी कडा र सोझो शब्दमा अभिव्यक्ति दिने व्यक्तिका रूपमा चिनिनु हुने नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पनि वाग्लेको अभिव्यक्तिको कडा शब्दमा आलोचना गर्नुभएको छ । उहाँले अर्थमन्त्री वाग्लेलाई जबजब भारत पुग्छन् तब-तब राष्ट्रियताका विरुद्धमा बमन गर्छन् भन्ने अभिव्यक्ति दिनुभएको छ भने नेकपा एमालेकै अर्का नेता डा.राजन भट्टराईले नेपालको राष्ट्रिय हितको विषय उठाउँदा भारतविरोधी वा उग्र राष्ट्रवादीको संज्ञा दिने प्रवृत्तिमाथि प्रश्न उठाउनुभएको छ । त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा.तारा भुसालले दिल्लीलाई खुशी पार्ने भाषणका रूपमा अर्थमन्त्री वाग्लेको उक्त अभिव्यक्ति हो भन्ने प्रतिक्रिया दिनुभएको छ । नेकपा एमालेले भने आधिकारिक रूपमै वाग्लेको उक्त अभिव्यक्तिको विरोध गरेको छ । सरकारका क्रियाकलापको र अभिव्यक्तिको विरोध प्रतिपक्षबाट हुनु स्वभाविक हो तर यस्ता विरोधहरू विरोधका लागि विरोधमात्र हुनु हुँदैन । अहिलेको सरकारका राष्ट्रियताविरोधी व्यवहार र अभिव्यक्तिहरूको यसरी प्रतिपक्षहरूबाट आएको प्रतिक्रियालाई भने सही र उचित विरोधका रूपमा हेरिनुपर्छ । किनभने संसद् जस्तो गरिमामय ठाउँमा उभिएर कार्यपालिका प्रमुखका रूपमा रहेका प्रधानमन्त्री स्वयंले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्नु नै यो सरकारको सबैभन्दा ठूलो राष्ट्रियताविरुद्धको अभिव्यक्ति हो । यसले गर्दा पटक-पटक नेपालको सिमाना मिचेर नेपाललाई दुःख दिइरहेको भारतलाई अवश्य पृष्ठपोषण भएको छ । नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको भूमि अतिक्रमण गरी त्यहाँबाट मानसरोवर जाने सडकसमेत बनाएको भारतलाई प्रधानमन्त्रीको त्यस भनाइले जसरी आत्मबल बढेको छ त्यसैगरी सरकारका अर्का प्रभावशाली मन्त्री वाग्लेको यो अभिव्यक्ति पनि राष्ट्रियता कमजोर पार्ने र मित्र राष्ट्रलाई खुशी पार्ने अभिव्यक्ति हो । सरकारले अल्लारेपन देखाउनु हुँदैन । राष्ट्रविरोधी यस्ता भावनाले राष्ट्रियता कमजोर हुन्छ र राष्ट्रियता कमजोर हुनुभनेको सम्पूर्ण रूपमा हामी कमजोर हुनु हो । त्यसपछिको परिणाम कस्तो प्राप्त हुन्छ भन्ने कुरा हाम्रै छिमेकी सिक्किम र तिब्बतलाई हेरे पुग्छ । त्यसकारण सरकारले आफ्ना अभिव्यक्तिहरूमा लगाम लगाओस् र राष्ट्रियता कमजोर पार्ने काम नगरोस् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
ताजा खबरJust now

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् । ‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को ...

फरकधार
आज पनि केही सडक अवरुद्ध
ताजा खबरJust now

आज पनि केही सडक अवरुद्ध

काठमाडौं । वर्षासँगैको बाढी-पहिरो र सडक कटानको कारण आज (मंगलबार)पनि देशका केही सडक अवरुद्ध छन्। केही राजमार्गमा भने एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। बाढीको कारण गोरखाको आरुघाटमा राजमार्ग पूर्ण रूपमा अरुद्ध छ। सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट दादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। त्यसैगरी आरुघाट( ९ नयाँ पुलमा पनि बाढीको कारण गोरखा आरुघाटबाट दादिङ ...

केन्द्रबिन्दु
ह्यारी केनले पहिलोपटक जिते बालोन डी’ओर अवार्ड
ताजा खबरJust now

ह्यारी केनले पहिलोपटक जिते बालोन डी’ओर अवार्ड

• इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन्, जसले उनलाई २००१ पछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनाएको छ। • स्पेनकी एलेक्सिया पुटेलासले महिलातर्फ तेस्रो पटक बालोन डी’ओर जितेकी छन्, जसले उनलाई तीन पटक यो अवार्ड जित्ने स्पेनी खेलाडी आइताना बोनमतीको बराबरीमा पुर्याएको छ। • बालोन डी’ओर समारोह लन्डनस्थित प्यालाडियममा आयोजना गरिएको थियो, ...

नेपालबहस
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ
ताजा खबरJust now

सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ

जनकपुरधाम । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् । पक्राउ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play