Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय खेलकुदमा महिला बास्केटबलको क्वार्टरफाइनलका खेल आज

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय खेलकुदमा महिला बास्केटबलको क्वार्टरफाइनलका खेल आज
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । जारी दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत बास्केटबलको समूह चरणका खेलहरू सम्पन्न भएसँगै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीहरूको टुङ्गो लागेको छ । महिला बास्केटबलतर्फ फूल कोर्ट र थ्री बाइ थ्री दुवै विधाका क्वार्टरफाइनल खेल आज शुक्रबार हुँदैछन् । सुर्खेतमा हुने फूल कोर्टतर्फको पहिलो क्वार्टरफाइनलमा बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपीएफ) र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । बिहान १० बजे सुदूरपश्चिम र लुम्बिनी, ११ बजे कोशी र नेपाल प्रहरी तथा दिउँसो १२ बजे नेपाली सेना र बागमती प्रदेशबीच खेल हुनेछ । त्यस्तै, थ्री बाइ थ्रीतर्फ दिउँसो १: ३० बजे नेपाली सेना र गण्डकी, १: ५० बजे बागमती र लुम्बिनी, २: १० बजे सुदूरपश्चिम र एपीएफ तथा २: ३० बजे नेपाल प्रहरी र कर्णाली प्रदेशबीच क्वार्टरफाइनल खेल हुनेछ । सबै खेल कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुनेछन् । क्वार्टरफाइनलमा जित हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । The post राष्ट्रिय खेलकुदमा महिला बास्केटबलको क्वार्टरफाइनलका खेल आज appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Latest NewsJust now

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

काठमाडौं। झापा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहँदा व्यवस्थापनमा समस्या देखिएको छ। छ दशक पुरानो भवन र साँघुरो स्थानका कारण कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य छन्। कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा एक हजार ७१० जना कैदी र थुनुवा रहेका छन्। जसमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन्। लैङ्गिक आधारमा एक हजार ६२६ पुरुष र ८४ महिला ...

नेपालन्युज
‘एमबिएल इक्विटी फन्ड’को ‘कागजी नाफा’ ४ करोड नाघ्यो, वास्तविक आम्दानीले खर्चसमेत धानेन
Latest NewsJust now

‘एमबिएल इक्विटी फन्ड’को ‘कागजी नाफा’ ४ करोड नाघ्यो, वास्तविक आम्दानीले खर्चसमेत धानेन

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले व्यवस्थापन गरिरहेको ‘एमबिएल इक्विटी फन्ड’ ले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म रु. ४ करोड १७ लाख ७० हजार खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । कात्तिकसम्मको वित्तीय विवरणमा ठुलो नाफा देखिए पनि फन्डको वास्तविक नगद आम्दानीले योजनाको सामान्य खर्चसमेत धान्न नसकेको देखिएको छ । फन्डको नाफामा देखिएको अधिकांश हिस्सा सेयरको बजार मूल्य बढेर आएको ‘कागजी नाफा’ हो ...

टक्सार
बर्सेनि एक करोड २० लाख बालिकाको विवाह
Latest NewsJust now

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह

काठमाडौँ, मङ्सिर ११ गते । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने ग... ...

गोरखापत्र
प्रत्येक वर्ष एक करोड बढी बालिका बालविवाहको सिकार, अन्त्यका लागि राष्ट्रसंघको आह्वान
Latest NewsJust now

प्रत्येक वर्ष एक करोड बढी बालिका बालविवाहको सिकार, अन्त्यका लागि राष्ट्रसंघको आह्वान

प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यस वर्ष पहिलोपटक यो दिवस मनाइँदै छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement