राष्ट्रपतीय दौडमा भान्स र रुबियो योग्य रहेको ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित रिपब्लिकन उमेदवारका रूपमा उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको नाम उल्लेख गरेका छन् । उनले पार्टीमा धेरै प्रभावशाली नेता रहेको बताउँदै अहिले नै कसैलाई प्रमुख दाबेदार घोषणा गर्नु हतार हुने बताएका छन् । मिसिगनमा आयोजित र्यालीमा जानुअघि एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पलाई सन् २०२८ को निर्वाचनमा रिपब्लिकन पार्टीबाट कसले उमेदवारी दिन सक्छ भनेर सोधिएको थियो । “मेरो नजरमा को–को छन् भनेर म भन्न सक्छु, तर अहिले त्यसो भन्नु अलि चाँडो हुन्छ,” ट्रम्पले भने । भान्स र रुबियोको नाम उल्लेख गर्दै उनले रिपब्लिकन पार्टीसँग योग्य नेताहरूको बलियो टोली रहेको दाबी गरे । डेमोक्रेटिक पार्टीसँग भने त्यस्तो टोली नरहेको उनको भनाइ छ । चुनाव प्रचारका लागि मिसिगन प्रस्थान गर्नुअघि ट्रम्पले रुस–युक्रेन युद्ध र ऊर्जा सुरक्षाबारे पनि धारणा राखेका थिए । उनले सैन्य द्वन्द्वका कारण अमेरिकी तेल उद्योगलाई बन्धक बन्न नदिने बताए । साथै, यो युद्ध सुरु नै हुन नहुने आफ्नो पुरानो भनाइ दोहोर्याए । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनले प्रतिनिधिसभाका सबै ४३५ सदस्य र सिनेटका करिब एकतिहाइ सदस्यको चयन गर्नेछ । निर्वाचनबाट दुवै सदनमा कुन पार्टीको बहुमत कायम हुन्छ भन्ने टुंगो लाग्नेछ, जसले ट्रम्प प्रशासनको विधायी एजेन्डा र वासिङ्टनको शक्ति सन्तुलनमा प्रभाव पार्नेछ । राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने मध्यावधि निर्वाचनलाई ट्रम्प प्रशासनका लागि महत्वपूर्ण मानिएको छ । द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरमा प्रकाशित गरेको सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको थियो । पत्रिकाका अनुसार, सन् १९९० यताका उसका सर्वेक्षण अभिलेखमा मध्यावधि निर्वाचनअघि कुनै पनि बहालवाला राष्ट्रपतिको अनुमोदन दर योभन्दा कम देखिएको थिएन । एएनआईन्यूज
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सरकारी कर्मचारीलाई सवारी किन्न ६० लाखसम्म ऋण दिने सरकारको तयारी
काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । सरकारले तयार गरिरहेको ‘सरकारी कर्मचारीहरूका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । प्रस्तावित निर्देशिकाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपांग्रे सवारीसाधन किन्न ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । सहसचिव वा ११औँ […] ...

सामान्य विवादले उग्र रूप लिँदा दाजुद्वारा भाइलाई छुरा प्रहार
• झापाको भद्रपुरमा दाजुले भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। • विवादको क्रममा ३० वर्षीय बाबुलाल हस्दालाई छुरा प्रहार गरिएको र उनको उपचार भद्रपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ। • प्रहरीले घटनास्थलबाट छुरा बरामद गरी फरार रहेका दाजु कुबराजलाई नियन्त्रणमा लिएको छ। ...

पशुबाट सर्ने ‘शामोन्डा भाइरस’ मानिसमा पहिलोपटक पुष्टि : के हो यो भाइरस र कति छ जोखिम ?
पेरिस । फ्रान्समा बिहीबार मानिसमा ‘शामोन्डा भाइरस’ सङ्क्रमणको पहिलो घटना पुष्टि भएको छ। सङ्क्रमित बिरामीको मृत्यु भइसकेको भए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसलाई अहिलेसम्मको एउटा मात्र छुट्टै घटना मान्दै... ...

आज कोजाग्रत पूर्णिमा, दसैं समापन हुँदै
गोरखापत्र अनलाइनकाठमाडौँ, कात्तिक ९ गते । नेपालीको महान् चाड विजयादशमी कोजाग्रत पूर्णिमासँगै सोमबार समापन भएको छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सम्पूर्ण पूज... ...


