Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
Photo / Coverage: पर्दाफास

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ। भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि उनले जानकारी गराए। भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी राष्ट्रपति पौडेललाई गराएको सभामुखको सचिवालयको भनाइ छ। यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका अन्य पदाधिकारीहरूसहित राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि उनले जानकारी गराएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यायाधीश नियुक्तिमा गम्भीर प्रश्न, संसदीय सुनुवाइमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय
OthersJust now

न्यायाधीश नियुक्तिमा गम्भीर प्रश्न, संसदीय सुनुवाइमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका फैसला, न्यायिक निष्पक्षता, नैतिक आचरण र सम्पत्ति विवादमाथि गम्भीर प्रश्न उठाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा उजुरीकर्ताहरूले प्रस्तावित न्यायाधीश गोकर्ण डाँगी, चन्द्रबहादुर सारुलगायतको न्यायिक कार्यसम्पादन र विगतका विवादित फैसलाबारे प्रश्न उठाउँदै सम्बन्धित मिसिल तथा प्रमाण अध्ययन गर्न माग गरेका हुन् । टंकराज न्यौपानेले प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीसँग ...

पर्दाफास
भीड नियन्त्रणमा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुहोला : सशस्त्र आईजीपी पौडेल
OthersJust now

भीड नियन्त्रणमा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुहोला : सशस्त्र आईजीपी पौडेल

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा द्वन्द्व बढाउनु नभई परिस्थिति नियन्त्रणमा लिएर शान्ति र सुव्यवस्था कायम गर्नु रहेको बताएका छन् । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट निलबाराही काठमाण्डुको स्थलगत निरीक्षण […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play