Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

गगन थापाको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न राणाको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापाको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न राणाको माग
Photo / Coverage: अनलाइनपाना

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले कांग्रेस सभापति गगन थापाको नाम जोडिएको अडियोको स्रोत र आधिकारिकताबारे स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। फेसबुकमा लेख्दै राणाले इनम सापकोटाको ‘बयान’ भनिएको उक्त अडियो कहाँ, कहिले र कसले रेकर्ड गरेको हो भन्ने खुलाउन आग्रह गरेका छन्। जनआस्थामार्फत सार्वजनिक भएको अडियोको मूल स्रोतबारे प्रश्न उठाउँदै राणाले सरकारले अनुसन्धानसम्बन्धी विवरण योजनाबद्ध रूपमा सार्वजनिक गरेर राजनीतिक चरित्रहत्या गर्न खोजेको आरोप लगाए। अनुसन्धानका विवरण आफूले सार्वजनिक नगरेको प्रहरीको भनाइ रहेको उल्लेख गर्दै राणाले बरामद मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको नियन्त्रणमा पुगेको र त्यसमा रहेका संवाद मेटिएको भन्ने आरोपबारे पनि छानबिन गर्न माग गरे। ‘यी प्रश्न अनुत्तरित राखेर सरकार सुशासनको दाबी गर्न सक्दैन,’ उनले लेखेका छन्। प्रतिपक्षसँग जोडिएका आरोप प्रचारमा आउने र सत्तानिकट व्यक्तिमाथि उठेका प्रश्न ओझेलमा पर्ने अवस्था स्वीकार्य नहुने राणाले बताएका छन्। ‘सबै आरोपको स्वतन्त्र छानबिन होस्, प्रमाण सुरक्षित राखियोस् र तथ्य सार्वजनिक गरियोस्,’ उनले लेखेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवन तेस्रो स्थानमा उक्लियो, पोखराको लगातार चौथो हार
Latest NewsJust now

चितवन तेस्रो स्थानमा उक्लियो, पोखराको लगातार चौथो हार

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भइरहेको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको छ । चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेट गुमाएर १२१ रन मात्रै... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्की जाँदै
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्की जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्की प्रस्थान गर्ने भएका छन् । टर्कीको आन्ताल्यामा... ...

रातोपाटी
नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक
Latest NewsJust now

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपालमा आयोजना हुन लागेको आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले डिसेम्बर... ...

रातोपाटी
डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न चिकित्सक संघको अल्टिमेटम
Latest NewsJust now

डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न चिकित्सक संघको अल्टिमेटम

काठमाडौँ। नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले चेतावनी दिएको छ। २५औँ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play