Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

न्यायाधीश नियुक्तिमा गम्भीर प्रश्न, संसदीय सुनुवाइमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायाधीश नियुक्तिमा गम्भीर प्रश्न, संसदीय सुनुवाइमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय
Photo / Coverage: पर्दाफास

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका फैसला, न्यायिक निष्पक्षता, नैतिक आचरण र सम्पत्ति विवादमाथि गम्भीर प्रश्न उठाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा उजुरीकर्ताहरूले प्रस्तावित न्यायाधीश गोकर्ण डाँगी, चन्द्रबहादुर सारुलगायतको न्यायिक कार्यसम्पादन र विगतका विवादित फैसलाबारे प्रश्न उठाउँदै सम्बन्धित मिसिल तथा प्रमाण अध्ययन गर्न माग गरेका हुन् । टंकराज न्यौपानेले प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीसँग जोडिएको जग्गा विवादबारे समितिमा उजुरी दिएका छन् । उनले दाङमा नगर विकासका लागि अधिग्रहण गरिएको जग्गा सम्बन्धित व्यक्तिले आफ्नो नाममा राखेको तथा अन्य जग्गाधनीको जग्गासमेत गैरकानुनी रूपमा हडपेको आरोप लगाए । उनका अनुसार नगर विकासका लागि जग्गा काटिएपछि जग्गाधनीहरूलाई तोकिएको सर्तअनुसार जग्गा फिर्ता वा व्यवस्थापन नगरिएको र केही जग्गा बिक्रीसमेत गरिएको थियो । आफूहरूले जिल्ला अदालतमा मुद्दा दायर गरे पनि वादी तथा प्रतिवादीका कानुन व्यवसायीलाई बहसको अवसर नदिई फैसला गरिएको उनको आरोप छ । जिल्ला अदालतको फैसलाविरुद्ध तुलसीपुर उच्च अदालतमा पुनरावेदन गर्दा पनि जिल्ला अदालतकै फैसला सदर भएको र पछि सर्वोच्च अदालतले प्राकृतिक न्यायको सिद्धान्तविपरीत फैसला भएको भन्दै बदर गरी सुरु मिसिल पेस गर्न आदेश दिएको उनले जानकारी दिए । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उनको भनाइ छ । न्यायिक प्रक्रियामा असन्तुष्टि जनाउँदै मिलापत्रका लागि छलफल गर्न जाँदा आफू र परिवारका सदस्यलाई ज्यान मार्ने धम्कीसमेत दिइएको न्यौपानेले आरोप लगाए । प्रस्तावित न्यायाधीशसँग जोडिएको विषय भएकाले समितिले उजुरीमा उल्लेखित तथ्य र प्रमाण गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उनको माग छ । उजुरीकर्ता विनोद सञ्जेलले प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारुसँग सम्बन्धित जबरजस्ती करणी मुद्दाको फैसलामाथि प्रश्न उठाएका छन् । उनले काभ्रे जिल्ला अदालतले प्रतिवादीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको मुद्दामा उच्च अदालतबाट सफाइ दिइएको भन्दै उजुरी दिएका हुन् । सञ्जेलले प्रतिवादीले घटनास्थलमा उपस्थित नभएको दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने स्वतन्त्र र विश्वसनीय प्रमाणको पर्याप्त विश्लेषण फैसलामा नभएको बताए । पीडितको बयान, प्रतिवादीसँग भएका सन्देश, अनुसन्धानका क्रममा अभिलेख गरिएको अडियो–भिडियो तथा चिकित्सकीय परीक्षणमा देखिएका चोटका विवरणलाई एकीकृत रूपमा विश्लेषण नगरिएको उनको आरोप छ । घटनाको चार दिनपछि जाहेरी परेको आधारमा पीडितको भनाइलाई ‘आफ्टर थट स्टेटमेन्ट’ भनिएको भन्दै उनले जाहेरीमा भएको ढिलाइको कारण र पीडितको परिस्थितिको समग्र मूल्यांकन नगरी निष्कर्ष निकालिएकोमा आपत्ति जनाए । जबरजस्ती करणी जस्तो संवेदनशील मुद्दामा पीडितको बयान र प्रमाणको वस्तुनिष्ठ मूल्यांकन आवश्यक हुने उल्लेख गर्दै सञ्जेलले प्रस्तावित न्यायाधीशको न्यायिक क्षमता, निष्पक्षता र संवेदनशीलताबारे समितिले गम्भीर विचार गर्नुपर्ने बताए । बैठकमा उजुरीकर्ता वरिष्ठ अधिवक्ता राजेश काफ्लेले न्यायपालिकाको विश्वसनीयता र कानुन व्यवसायीको प्रतिष्ठा एकअर्कासँग जोडिएको बताए । न्यायाधीशमाथि प्रश्न उठ्दा समग्र न्यायिक प्रणाली र कानुन व्यवसायीको प्रतिष्ठामाथि समेत असर पर्ने उनको भनाइ छ । उनले न्यायालयमा भ्रष्टाचार रोक्ने सबैभन्दा प्रभावकारी उपाय न्यायाधीशले घुस नखाने प्रतिबद्धता र निष्पक्ष न्याय सम्पादन भएको बताए । भ्रष्टाचारका स्वरूप बदलिँदै गएको उल्लेख गर्दै उनले न्यायिक नियुक्तिमा निष्पक्षता र नैतिक आचरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यसैगरी, अर्का उजुरीकर्ताले प्रस्तावित न्यायाधीशसँग जोडिएको सार्वजनिक जग्गासम्बन्धी मुद्दाको फैसलामाथि प्रश्न उठाए । उनले मायापुरी पाण्डेको नाममा रहेको जग्गा अदालतबाट सार्वजनिक ठहर भए पनि त्यसमा संलग्न अन्य व्यक्तिले सजाय पाउँदा सम्बन्धित व्यक्तिले उन्मुक्ति पाएको विषयको छानबिन हुनुपर्ने माग गरे । उनले उक्त मुद्दाको करिब चार सय पृष्ठ लामो फैसलासहितका कागजात समितिमा पेस गरेको जानकारी दिँदै फैसलाको अध्ययन गरेर सम्बन्धित व्यक्तिको भूमिका र सम्पत्तिको स्रोतबारे प्रश्न गर्न आग्रह गरे । मुद्दाको फैसला भएको समयमा सम्बन्धित न्यायाधीशसँग टेलिफोन सम्पर्क भएको थियो वा थिएन भन्ने विषयसमेत प्राविधिक माध्यमबाट जाँच गर्न सकिने उनको भनाइ छ । उजुरीकर्ताले न्याय परिषद्मा यसअघि पनि विभिन्न न्यायाधीशविरुद्ध उजुरी दिएको तर सुनुवाइ नभएको गुनासो गरे । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा हतार गर्नुभन्दा उजुरीमा प्रस्तुत तथ्य, प्रमाण र फैसलाको निष्पक्ष अध्ययन गर्नुपर्ने उनको माग छ । उनीहरूले न्यायाधीश नियुक्ति केवल औपचारिक प्रक्रिया नभई न्यायपालिकाप्रतिको जनविश्वाससँग जोडिएको विषय भएकाले संसदीय सुनुवाइ समितिले उजुरीमा उठेका प्रश्नको गम्भीर परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने
OthersJust now

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको उक्त निर्णय गरेको हो । सक्रिय सदस्यको इन्ट्री बुधबार राति बन्द भइसकेको सन्दर्भमा इन्ट्री भएका सदस्यहरुको तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाइसक्नुपर्ने निर्णय समितिको बैठकले गरेको हो । त्यस्तै, सदस्यतामा… ...

अनलाइन खबर
संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे
OthersJust now

संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे

मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल संसदीय सुनुवाइ समितिबाट आफूलाई अन्याय भएको भन्दै कानुनी उपचार खोज्न सर्वोच्च अदालत पुगेका छन् । ...

अनलाइन खबर
यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
OthersJust now

यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

सरकारले चालु आवभित्र ३० अर्ब रुपैँया बराबरको विद्युत भारत–बंगलादेशमा निर्यात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट गत वर्षको तुलनामा बढी विद्युत् बेच्ने योजना बनाएको हो । प्राधिकरणकाअनुसार यस वर्ष विद्युत निर्यातबाट ३० अर्ब रुपैयाँको विजुली निर्यात गर्ने योजना छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालसम्म करिव २४–२५ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भइसकेको ...

पर्दाफास
नवनियुक्त आईजीपी केसीको सक्रियता, देशभरका प्रहरी प्रमुखहरूलाई विशेष निर्देशन
OthersJust now

नवनियुक्त आईजीपी केसीको सक्रियता, देशभरका प्रहरी प्रमुखहरूलाई विशेष निर्देशन

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसीले नजिकिँदै गरेको चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play