Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्र
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौँ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ। शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा)ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको हो। विभागद्वारा जारी गरिएको पत्रअनुसार विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र रहेको, सरकारी जग्गा भोगचलनको कागज भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा भएको, भाडामा लिएको वा दिएको, ऐलानी तथा प्रति जग्गा लगायत सबै किसिमका जग्गाको विवरण सङ्कलन गरिनेछ। विद्यालयहरूले इमिसमा लगइन गरी ‘स्कुल प्राेफाइल’ अन्तर्गतको ‘म्यानेजमेन्ट एण्ड अदर्श’ मा गई जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी कागजातका विवरणहरू भरी ‘ल्याण्ड रिपाेर्ट’ मार्फत प्रतिवेदन लिन सक्ने विभागले जनाएको छ। विद्यालयको जग्गासम्बन्धी समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्न र यसको स्वामित्वलाई सुरक्षित बनाउन यो कदम चालिएको बताइएको छ। यसका लागि सम्बन्धित सरोकारवाला निकाय, संस्था र व्यक्तिहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्न भनिएको छ। विद्यालयबाट प्रमाणीकरण भई आएका विवरणहरूको एकमुष्ट जिल्लागत प्रतिवेदन आगामी दुई महिनाभित्र विभागमा पठाइसक्न निर्देशन समेत दिइएको छ। यसरी आएका विवरण अध्ययन गरि सामुदायिक विद्यालयको जग्गा संरक्षणमा आवश्यक कदम चालिने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् । ‘हामीलाई कतिपय विद्यालयहरूसँग पर्याप्त जग्गा नभएको तथा केही विद्यालयको जग्गा अन्य निकायहरूको नाममा वा नियन्त्रणमा रहेको गुनासोसमेत प्राप्त भएको छ,’ यसबारे थप स्पष्ट पार्दै मन्त्री पोखरेल भन्छन्, ‘विवरण संकलनका क्रममा कुनै विद्यालयको आफ्नै नाममा जग्गा नभएको वा अन्य निकायहरूसँग रहेको पाइएमा आवश्यक परे मन्त्रिपरिषद्‌बाटै निर्णय गराएर भए पनि विद्यालयहरूलाई जग्गाको पुर्जा नै उपलब्ध गराइनेछ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवन तेस्रो स्थानमा उक्लियो, पोखराको लगातार चौथो हार
Latest NewsJust now

चितवन तेस्रो स्थानमा उक्लियो, पोखराको लगातार चौथो हार

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भइरहेको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको छ । चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेट गुमाएर १२१ रन मात्रै... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्की जाँदै
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्की जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्की प्रस्थान गर्ने भएका छन् । टर्कीको आन्ताल्यामा... ...

रातोपाटी
नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक
Latest NewsJust now

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपालमा आयोजना हुन लागेको आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले डिसेम्बर... ...

रातोपाटी
डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न चिकित्सक संघको अल्टिमेटम
Latest NewsJust now

डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न चिकित्सक संघको अल्टिमेटम

काठमाडौँ। नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले चेतावनी दिएको छ। २५औँ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play