Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गरे । “नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले गरेको निरन्तर सहयोग हाम्रा लागि महत्त्वपूर्ण छन् । नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने । राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताए । सो अवसरमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरेले हिमालहरू चलायमान हुँदैछन् भन्दै यसका लागि पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेकामा जोड दिए । उनले यसमा स्विट्जरल्यान्डले काम गरिरहेको भन्दै नेपालसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार हरेको उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवन राइनोजका रवि बोपाराले टी-२० क्रिकेटमा पूरा गरे १० हजार रन
Latest NewsJust now

चितवन राइनोजका रवि बोपाराले टी-२० क्रिकेटमा पूरा गरे १० हजार रन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट खेलिरहेका इङ्ल्यान्डका ब्याट्सम्यान रवि बोपाराले टी-२० क्रिकेटमा १० हजार रनको कोसेढुङ्गा पार गरेका छन्। सोमबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा २० रन जोड्दै ४१ वर्षीय बोपाराले यो उपलब्धि हासिल गरेका हुन्। खेल सुरु हुनुअघि बोपाराले टी-२० फर्म्याटमा ४ सय ९५ खेल खेल्दै ९ हजार ९ सय ८० रन बनाएका थिए। सुदूरपश्चिमविरुद्धको खेलमा आवश्यक २० रन ...

नेपालन्युज
नेपालविरुद्ध खेल्न भारत ‘ए’को बलियो टोली घोषणा
Latest NewsJust now

नेपालविरुद्ध खेल्न भारत ‘ए’को बलियो टोली घोषणा

नेपालसँग भिड्ने तयारीमा रहेको भारत ‘ए’ टोलीको घोषणा गरिएको छ । तिलक वर्माको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा भारतीय क्रिकेटका चर्चित युवा तथा स्टार खेलाडीहरू समेटिएका छन् । भारत ‘ए’ले सन् २०२६ को एसिसी मेन्स राइजिङ स्टार्स एसिया कप खेल्न लागेको हो । प्रतियोगिता कतारको दोहामा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुनेछ । घोषित टोलीको कप्तानी तिलक वर्माले गर्नेछन् भने ...

फरकधार
यी हुन् आज दिनभरका प्रमुख समाचार
Latest NewsJust now

यी हुन् आज दिनभरका प्रमुख समाचार

कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाको रोमाञ्चक जित जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए परराष्ट्रमन्त्री खनाल र नेपालका लागि बेलायती राजदूत फेन नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको प्रदर्शन कात्तिक १६ गतेसम्मका विपद्का घटना साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी बढ्यो सुन चाँदीको मूल्य The post यी हुन् आज दिनभरका प्रमुख समाचार appeared first on Corporate Khabar : ...

कर्पोरट खबर
गायिकाको आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा कलाकार पक्राउ
Latest NewsJust now

गायिकाको आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा कलाकार पक्राउ

काठमाडौं । एक गायिकाको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा करिब ३५ वर्षीय कलाकार खगेन्द्र न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वर्मा यादवका अनुसार उनलाई काठमाडौंमा नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि कालिकोट लगिएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमा अहिले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play