राष्ट्रपति पौडेलले बुधबार टीका र जमरा ग्रहण गर्ने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा उक्त कार्यक्रम हुनेछ। विगतका वर्षहरूमा राष्ट्रपतिले विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने प्रचलन थियो। यद्यपि, गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको र शान्तिपूर्ण तथा हर्षोल्लासपूर्ण वातावरण नरहेका कारण सर्वसाधारणलाई टीका लगाइदिने औपचारिक कार्यक्रम यस वर्ष पनि आयोजना गरिएको छैन।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/lakpa-s-20102026072946-watermarked.jpg)
[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’
पासाङ ल्हामु शेर्पाबाट प्रेरित ल्हाक्पा शेर्पा सगरमाथा चढ्ने दोस्रो नेपाली महिला बनिन् । उनले आफ्नै कीर्तिमान तोड्दै ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । ...

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...


