राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन, नवदुर्गा जात्राका लागि बागमती प्रदेश सरकारद्वारा आर्थिक सहयोग

भक्तपुर, कात्तिक ८ । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गर्नुभएको छ। उक्त कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कला, संस्कृति, सम्पदा र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई हर्षित तुल्याएको मुख्यमन्त्री थापाले बताउनुभयो। कार्यक्रमका अवसरमा श्री नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता तथा सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो। वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरमार्फत श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो। उक्त सहयोग रकमको चेक राष्ट्रपति पौडेल र मुख्यमन्त्री थापाले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो। मुख्यमन्त्री थापाले नेपालका अमूल्य धर्म, कला, संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न वाग्मती प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताउनुभयो। उहाँले मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक सहयोग तथा सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

२४ घण्टामा देशभर १३ विपद्का घटना : एकको मृत्यु, आठजना घाइते
देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा ...

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : नारायणमान बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताएका छन् । भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको समापन गर्दै उनले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताए । उनले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए । बिजुक्छेले ...

एनपिएल विजेता टिमले डेढ करोड, उपविजेताले ८० लाख पाउने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसपटक विजेताका लागि अघिल्लो संस्करणभन्दा ४० लाख रुपैयाँ बढी पुरस्कार निर्धारण गरेको हो । क्यानले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक गरेको हो । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले ...


