राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञाप्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस्तै आजै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले प्रमाणीकरण गरेका हुन् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

रास्वपा सचेतक परियारले सार्वजनिक गरे संसदमा खेलेको भूमिकाको ‘रिपोर्टकार्ड’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका कामकारबाही र प्रगति विवरण समेटिएको रिपोर्ट कार्ड सार्वजनिक भएको छ। रिपोर्ट कार्डमा सचेतक परियारले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक जवाफदेहिताका विषयमा संसद्मा आवाज उठाएको उल्लेख ... ...

पोखरामा १८ सय मिटर भिजिबिलिटीमै जहाज अवतरण गराइँदै
आरएनपी–एआर प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ्यो, खराब मौसमका कारण हुने उडान डाइभर्सन र रद्द हुने घटना घट्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको अपेक्षा छ । ...

तीन जिल्लाका ५७ परिवारले पाए जग्गाधनी पुर्जा
काठमाडौं। चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित स्थानीय तहहरूमा उक्त पुर्जा वितरण गरिएको हो। चितवनको इच्छाकामना गाउँपालिका-७ मा ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा पाएका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-११ का सात ...

दशैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिने तयारीमा नेपाल विद्युत् प्राधिकरण
काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले बडादशैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दशैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो […] ...


