राष्ट्रपति पौडेलद्वारा काठमाडौं उपत्यकाका ९ शक्तिपीठमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन् । बडादशैंका अवसरमा शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ भने यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । यो अवसरमा काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने
विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ...

विश्वकप लिग-२ : ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ । ओमानको अल अमेरत मैदानमा सोमबार सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध जित निकाल्दै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । जितका लागि पाएको २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ...

जहाँ बनिरहेको छ लिफ्टसहितको आकाशे पुल (तस्वीर/भिडियो)
२ कात्तिक, काठमाडौं । दशैंको महाअष्ठमीको दोस्रो दिन सोमबार ललितपुर महानगरपालिकाको कुसुन्ती हाइटमा पुग्दा धमाधम आकशे पुल निर्माणको काम भइरहेको थियो । पुलका डिजाइनर विनोद न्यौपानेको टोलीले काम गरिरहेको थियो । यहाँ लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ । ‘यो अपाङ्गमैत्रीभन्दा पनि असक्षममैत्री हो । ज्येष्ठ नागरिक आउनुहुन्छ । पाटन अस्पताल नजिकै भएकाले बिरामीहरू आउनुहुन्छ’,… ...

बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
२ कात्तिक, काठमाडौं । बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्थान पक्का गरेको छ । सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा… ...


