Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपतिको सर्वोच्च ओहदा हासिल गरिसकेँ, अब पद र सुविधाका लागि राजनीतिमा फर्किएकी होइन : विद्यादेवी भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपतिको सर्वोच्च ओहदा हासिल गरिसकेँ, अब पद र सुविधाका लागि राजनीतिमा फर्किएकी होइन : विद्यादेवी भण्डारी
Photo / Coverage: जनताटाइम्स

एमाले वरिष्ठ नेता भण्डारीको स्पष्टोक्ति : ‘मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र राष्ट्रिय जिम्मेवारीमा योगदान दिन राजनीतिमा फर्किएकी हुँ’ काठमाडौं, मंसिर ३ । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहदामा पुगिसकेको व्यक्ति भएकाले अब कुनै पदप्रति निष्क्रियजस्तै भइसकेको बताउनुभएको छ । नेकपा एमालेको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले पार्टी राजनीतिमा पुनः सक्रिय हुने आफ्नो निर्णय कुनै व्यक्तिगत पद, सुविधा वा अवसर प्राप्त गर्ने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट पार्नुभएको हो । आफूले राष्ट्रपतिको सर्वोच्च जिम्मेवारीसमेत पूरा गरिसकेको उल्लेख गर्दै भण्डारीले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा माथि उठेर मातृ पार्टीको हितमा योगदान गर्ने उद्देश्यका साथ राजनीतिमा फर्किएको बताउनुभयो ।‘अब म कुनै पनि पदप्रति निष्क्रियजस्तै भएको छु । किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहदा हासिल गरिसकेको छु,’ उहाँले भन्नुभयो । पार्टी राजनीतिमा फर्कनुको कारणबारे स्पष्ट पार्दै उहाँले व्यक्तिगत लाभ, पद र सुविधाका लागि नभई लामो समय योगदान गरेको पार्टीसँग पुनः जोडिएर काम गर्ने उद्देश्य रहेको बताउनुभयो ।‘फेरि पार्टी राजनीतिमा फर्कने निर्णय व्यक्तिगत पद, सुविधा या अवसरका लागि नभई आफूले लामो समय योगदान गरेको मातृ पार्टीसँग जोडिएर यसको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्‍याउने उद्देश्य लिएकी हुँ,’ उहाँले स्पष्ट पार्नुभयो । भण्डारीले आफ्नो राजनीतिक सक्रियताको उद्देश्य पार्टीको विचार, संगठन र राष्ट्रिय जिम्मेवारीलाई थप सुदृढ बनाउनु रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीको वैचारिक विकासदेखि सामाजिक तथा आर्थिक रूपान्तरणसम्मका विषयमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नो उद्देश्यप्रति पार्टीका नेता तथा कार्यकर्ताहरूले देखाउनुभएको सद्भावप्रति आभार व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘मेरो यस पवित्र उद्देश्य र लक्ष्यप्रति देखाउनुभएको सद्भावका लागि पुनः आभार प्रकट गर्दछु ।’ पूर्वराष्ट्रपति भण्डारीको उक्त अभिव्यक्तिले पार्टी राजनीतिमा उहाँको पुनः सक्रियताको उद्देश्य र भूमिकाबारे स्पष्ट सन्देश दिएको छ । उहाँले व्यक्तिगत पद र सुविधाभन्दा मातृ पार्टीको वैचारिक, संगठनात्मक तथा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्ने धारणा प्रस्तुत गर्नुभएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमाले उपाध्यक्ष बादल भन्छन्- आगामी चुनाव सामान्य हुँदैन, फासीवादी र राष्ट्रवादी शक्तिबीच भीषण संघर्ष हुन्छ
PoliticsJust now

एमाले उपाध्यक्ष बादल भन्छन्- आगामी चुनाव सामान्य हुँदैन, फासीवादी र राष्ट्रवादी शक्तिबीच भीषण संघर्ष हुन्छ

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने बताएका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नभएको बताए । ‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्षका रूपमा रहेको थियो । ...

फरकधार
ओलीको गम्भीर आरोप : सामाजिक सञ्जालसँगै सुरक्षा निकाय पनि प्रयोग गरेर एमालेलाई हराइयो
PoliticsJust now

ओलीको गम्भीर आरोप : सामाजिक सञ्जालसँगै सुरक्षा निकाय पनि प्रयोग गरेर एमालेलाई हराइयो

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यहोरेको पछिल्लो निर्वाचनको धक्का आन्तरिक कमजोरीका कारण मात्रै नभई निर्वाचनअघि नै आफू नेतृत्वको सरकार विस्थापन गर्ने प्रक्रियाबाट सुरु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल, एल्गोरिदम र सुरक्षा निकायको प्रयोग गरेर एमालेलाई जनताबाट टाढा पुर्‍याइएको तथा निर्वाचनमा पराजित गरिएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन […] ...

काठमाण्डुपाटी
अस्ट्रेलियामा अभिभावक भिसा बन्द गर्ने प्रस्ताव, नेपालीसहित हजारौँ आप्रवासी परिवार प्रभावित हुने
PoliticsJust now

अस्ट्रेलियामा अभिभावक भिसा बन्द गर्ने प्रस्ताव, नेपालीसहित हजारौँ आप्रवासी परिवार प्रभावित हुने

अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ। दलकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले बुधबार सार्वजनिक गरेको नयाँ आप्रवासन नीतिअनुसार अस्ट्रेलियामा बसोबास गर्ने आप्रवासीका बाबुआमा तथा हजुरबुबा–हजुरआमालाई स्थायी रूपमा अस्ट्रेलिया आउन दिने हालको भिसा कार्यक्रम अन्त्य गरिनेछ । यो प्रस्ताव लागू भए अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न ...

फरकधार
म कर्मचारी कि दलाल
PoliticsJust now

म कर्मचारी कि दलाल

कविता: म कर्मचारी कि दलाल कवि: प्रेमप्रसाद संजेल“खतरा” म कानमा लाउने सुनको दलाल म तिहुनमा लाउने नुनको दलाल म... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play