Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता भण्डारी
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको हार अस्थायी भएकाले यसबबाट सुधार गर्नुपर्ने पाठ सिकेर अघि बढ्न नेता, कार्यकर्तालाई आह्वान गरेकी छन्। पार्टीको राष्ट्रिय भेलाको आज दोस्रो दिन उनले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिन्। एघार वर्षपछि पार्टी जीवनको सक्रिय राजनीतिमा फर्किएकी नेत्री भण्डारीले सम्बोधन गर्दै एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने जिकिर गरिन्। उनले भनिन्, “निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही र सकारात्मक पाठ सिक्दै, सुधार गर्नुपर्ने पक्षलाई सुर्धार्दै कमीकमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायत निर्वाचनमा केन्द्रित हुनुपर्छ।” उनले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, सङ्गठनात्मक सुदृढीकरण र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको बताइन्। राष्ट्रपति जस्तो गरिमामय संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले अब कुनै पनि पदप्रति आशक्ति नभएको जनाइन्। उनले मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्ने गतिविधि कसैले गर्न नहुने धारणा राखिन्। पार्टी शुद्धीकरण, जनसङ्गठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र सङ्गठन सञ्चालनमा उतार्नुपर्ने उनले बताइन्। उनले युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसङ्गठनले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान चलाउनुपर्ने तथा निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनमा पारदर्शी ढङ्गले काम गर्नुपर्ने उनले बताइन्। एमालेको दुई दिने भेला आज सम्पन्न हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बादलले भने- अबको चुनावमा फासीवादी र लोकतान्त्रिक शक्तिबीच संघर्ष हुन्छ
Latest NewsJust now

बादलले भने- अबको चुनावमा फासीवादी र लोकतान्त्रिक शक्तिबीच संघर्ष हुन्छ

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्ष गर्नुपर्ने बताएका छन्।  एमालेको काठमाडौँमा जारी राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै थापाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनमा फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच संघर्ष हुने बताए। ‘आउने चुनाव पनि यिनै दुई पक्षबीचको... ...

नेपालखबर
बंगलादेशमा हसिना समर्थकहरुको आन्दोलन हिंसात्मक बन्दै, सत्तारुढ पार्टीका नेताका घर जले
Latest NewsJust now

बंगलादेशमा हसिना समर्थकहरुको आन्दोलन हिंसात्मक बन्दै, सत्तारुढ पार्टीका नेताका घर जले

पछिल्ला १० दिनको विरोध प्रदर्शनका क्रममा कम्तीमा २८ जिल्लामा दर्जनौँपटक घरेलु बम विस्फोट ...

कान्तिपुर
नौ वर्षमा सम्पन्न भएन पुल, म्याद थप्ने तयारी
Latest NewsJust now

नौ वर्षमा सम्पन्न भएन पुल, म्याद थप्ने तयारी

सुजन काफ्लेचरीकोट, मङ्सिर ३ गते । दोलखा, रामेछाप र जिरीजस्ता पर्यटकीय तथा व्यापारिक केन्द्र जोड्ने मुख्य मार्गमा रहेको तामाकोसी नदीको नयाँ पुल दोलखाको तामाकोसी पुल निर्माण सम्झौता... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play