काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ । सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गर्दै भण्डारीले बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचनमा भएको हारबाट सही पाठ सिक्दै कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो । गत २१ फागुनमा सम्पन्न निर्वाचनको नतिजालाई अस्थायी धक्काको संज्ञा दिँदै उहाँले निराश भएर निष्क्रिय बस्नुभन्दा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । गत वर्ष भएको जेनजी आन्दोलनपछि पनि एमाले पंक्तिमा निराशा उत्पन्न भएको स्मरण गर्दै भण्डारीले विगतका चुनौतीबाट शिक्षा लिएर थप शक्ति आर्जन गर्नुपर्ने बताउनुभयो । उहाँले मदन भण्डारीको ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने भनाइ स्मरण गराउँदै स्थानीय तहलगायत आगामी निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई आग्रह गर्नुभयो । निर्वाचनलाई ध्यानमा राखेर नीति, योजना र कार्यक्रम जनतासमक्ष पुर्याउनुपर्ने उहाँको भनाइ थियो । भण्डारीले चुनावी तयारीमा जनताको विश्वासलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । जनताको विश्वास नै राजनीतिको सबैभन्दा ठूलो पुँजी भएको उल्लेख गर्दै उहाँले विचार, व्यवहार, कार्यशैली र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएर मात्रै त्यस्तो विश्वास आर्जन गर्न सकिने बताउनुभयो ।
निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन : विद्यादेवी भण्डारी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स



![आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपर्यो : बादल [भिडियो]](https://hamrakura.com/uploads/news/images/badal-uml-.jpg)


