Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/रामेछापको भुजी पहिरो स्थानीयको लागि अभिशाप बन्दै, एक सय घरपरिवार विस्थापित

रामेछापको भुजी पहिरो स्थानीयको लागि अभिशाप बन्दै, एक सय घरपरिवार विस्थापित

Share:WhatsAppFacebookX (Twitter)Telegram
रामेछापको भुजी पहिरो स्थानीयको लागि अभिशाप बन्दै, एक सय घरपरिवार विस्थापित

रामेछाप, कात्तिक १ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीस्थित रामजीथान पहिरो स्थानीयवासीका लागि दीर्घकालीन समस्या बन्दै गएको छ। विसं २०७२ को भूकम्पपछि सुरु भएको पहिरोले विकराल रूप लिँदै जाँदा सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ भने करिब एक सय घरपरिवार विस्थापित भएका छन्। पहिरो निरन्तर झरिरहने भएकाले विशेषगरी वर्षायाममा स्थानीयवासीलाई आवतजावत गर्न कठिन हुने गरेको छ। स्थानीय शिक्षक पशुपति घिमिरेका अनुसार पहिरोका कारण विद्यालय जाने विद्यार्थी तथा उपचारका लागि स्वास्थ्य चौकी पुग्नुपर्ने बिरामीले समेत सास्ती खेप्नुपरेको छ। पहिरोका कारण भूजीका ठिन्केपु, पिपलडाँडा, सारिटोल र कोकर्सीका करिब एक सय घरपरिवार विस्थापित भएका छन्। विस्थापित परिवार भूजीको कोलडाँडामुनि बसोबास गर्न थालेका छन्। पहिरोको जोखिमका कारण पिपलडाँडाका वडाध्यक्ष रुद्रमणि नेवारसहित २५ घरपरिवार अन्यत्र बसाइँ सरेका छन्। पहिरोले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्‍याउनुका साथै स्थानीयवासीको दैनिक जीवनसमेत प्रभावित बनाएको छ। पहिरोका कारण रुना, ठिन्केपु, पिपलडाँडा र फास्तुबाट वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकीसम्म पुग्नसमेत कठिन भएको छ। स्थानीयवासीलाई आवतजावतमा सहजता प्रदान गर्न पहिरोकाे मुनि मुहान खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ। पुल निर्माणपछि केही राहत मिलेको भए पनि त्यहाँ पुग्न आधा घण्टाभन्दा बढी घुम्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ। वडाध्यक्ष नेवारका अनुसार रामजीथान पहिरो रामेछाप जिल्लाकै दोस्रो ठूलो पहिरो हो। पहिरोका कारण स्थानीयवासी आधारभूत सेवासमेत सहज रूपमा प्राप्त गर्नबाट वञ्चित भएको उहाँले बताउनुभयो। पहिरोको छेउमा अहिले पनि बस्ती रहेकाले माथिबाट झर्ने ढुङ्गा र लेदो बस्तीमा पस्ने जोखिम कायमै छ। यसले स्थानीयवासीको जनधनको सुरक्षामा थप चुनौती सिर्जना गरेको छ। पहिरो नियन्त्रणका लागि वडा र गाउँपालिकाबाट भएका प्रयास पर्याप्त नभएको उल्लेख गर्दै वडाध्यक्ष नेवारले दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको आग्रह गर्नुभएको छ। वर्षौंदेखि पहिरोको जोखिम झेल्दै आएका स्थानीयवासीलाई सुरक्षित आवास, सहज आवागमन र आधारभूत सेवा उपलब्ध गराउन सम्बन्धित निकायबाट प्रभावकारी पहल आवश्यक देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

३० करोडको ‘सेटिङ’देखि शक्तिकेन्द्रको सञ्जालसम्म: यस्तो छ सुशील भट्ट पक्राउ पर्नुको कारण
राजनीतिJust now

३० करोडको ‘सेटिङ’देखि शक्तिकेन्द्रको सञ्जालसम्म: यस्तो छ सुशील भट्ट पक्राउ पर्नुको कारण

शनिवार पक्राउ परेका लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट यतिबेला प्रहरी हिरासतमा छन् । उनको पक्राउको मुख्य कारण आर्थिक कारोबार मात्र नभएर बिचौलियाको सञ्जाल, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्ध र हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन अदालतमा चलखेल गर्ने भनिएको ३० करोड रुपैयाँको प्रसङ्ग पनि रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार इनम सापकोटाको बयान र उनीसँग जोडिएका सम्पर्क तथा कारोबारको अनुसन्धान ...

फरकधार
कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने
राजनीतिJust now

कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने

काठमाण्डु– नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने जानकारी दिएका हुन्। विज्ञप्तिमा बिपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ […] ...

काठमाण्डुपाटी
दशैंमा पिङ खेल्दै बालबालिका [तस्विरहरू]
राजनीतिJust now

दशैंमा पिङ खेल्दै बालबालिका [तस्विरहरू]

दशैंमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने मान्यताअनुसार तीनकुनेमा बालबालिका पिङ खेल्दै रमाइरहेका छन् । दशैंको रौनकसँगै पिङ खेल्ने परम्पराले बालबालिकामा थप उत्साह र उमङ्ग ल्याएको छ । हेर्नुहोस् तस्वीरहरू: तस्विरहरू: सक्षम घिमिरे, नेपाल न्यूज बैंक     ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play