रामारोशन प्रिमियर लिग कात्तिक १३ गतेबाट हुँदै

अछाम । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशनको प्राकृतिक सौन्दर्यलाई खेलकुदसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अछाममा खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । रामारोशन गाउँपालिका-५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन-२०)’ सञ्चालन हुन लागेको हो । शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर रामारोशन एड्भेन्चर एण्ड इको स्पोर्ट क्लबले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक १३ गतेदेखि सुरु हुनेछ । आयोजक क्लबका अध्यक्ष लक्ष्मण बोहराका अनुसार रामारोशनको प्राकृतिक सुन्दरता, विशाल घाँसेमैदान र शान्त वातावरणलाई क्रिकेटमार्फत्् राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ । आयोजकले प्रतियोगितालाई अछामकै इतिहासमा सबैभन्दा ठूलो पुरस्कार राशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारेको छ । प्रतियोगिताको विजेता टोलीले मेडल, प्रमाणपत्रसहित दुई लाख रुपैयाँ र उपविजेता टोलीले मेडल तथा प्रमाणपत्रसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशका अन्य स्थानबाट क्रिकेट क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । हिमालको काखमा रहेका सुन्दर ताल, फराकिला पाटन र मनोरम प्राकृतिक दृश्यबीच क्रिकेट प्रतियोगिता सञ्चालन हुनुले खेलप्रेमीसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत रामारोशनतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितालाई खेलमा मात्र सीमित नराखी स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनसँग पनि जोडिने भएको छ । प्रतियोगिताको उद्घाटनका दिन पञ्चेबाजा, देउडा, हुड्क्यौली र भुवोलगायतका सांस्कृतिक प्रस्तुति देखाइने आयोजकले जनाएको छ । यसले रामारोशनको मौलिक सांस्कृतिक पहिचानलाई समेत व्यापकरूपमा चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न लागिएको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदानका रूपमा परिचित छ । प्राकृतिकरूपमा आकर्षक यस मैदानमा ठूलो स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनुले क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्नुका साथै स्थानीय आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् । ‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को ...

आज पनि केही सडक अवरुद्ध
काठमाडौं । वर्षासँगैको बाढी-पहिरो र सडक कटानको कारण आज (मंगलबार)पनि देशका केही सडक अवरुद्ध छन्। केही राजमार्गमा भने एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। बाढीको कारण गोरखाको आरुघाटमा राजमार्ग पूर्ण रूपमा अरुद्ध छ। सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट दादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। त्यसैगरी आरुघाट( ९ नयाँ पुलमा पनि बाढीको कारण गोरखा आरुघाटबाट दादिङ ...

ह्यारी केनले पहिलोपटक जिते बालोन डी’ओर अवार्ड
• इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन्, जसले उनलाई २००१ पछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनाएको छ। • स्पेनकी एलेक्सिया पुटेलासले महिलातर्फ तेस्रो पटक बालोन डी’ओर जितेकी छन्, जसले उनलाई तीन पटक यो अवार्ड जित्ने स्पेनी खेलाडी आइताना बोनमतीको बराबरीमा पुर्याएको छ। • बालोन डी’ओर समारोह लन्डनस्थित प्यालाडियममा आयोजना गरिएको थियो, ...

सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ
जनकपुरधाम । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् । पक्राउ... ...


