रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम।सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पार्दै रामारोशन गाउँपालिका–५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन–२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो । रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु हुने आयोजक क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए । रामारोशनको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई खेलकुदका माध्यमबाट देश–विदेशमा चिनाउन यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। यस प्रतियोगितालाई अछामको इतिहासमै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारिएको छ । प्रथम हुने टोलीलाई मेडल प्रमाणपत्रसहित दुई लाख र दोस्रो हुने टोलीलाई मेडल प्रमाणपत्रसहित एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशभरिका क्रिकेट क्लबहरूले सहभागिता जनाउने छन् । हिमालका सुन्दर ताल, विशाल पाटन र मनोरम दृश्यहरूबीच हुने यस प्रतिस्पर्धाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि आकर्षित गर्ने विश्वास स्थानीयवासी र सरोकारवालाहरूले लिएका छन् । खेलकुदको उद्घाटनको दिन स्थानीय कला संस्कृति पञ्चेबाजा, देउडा, हुड्क्यौली, भुवो पनि प्रदर्शन हुने र जसले गर्दा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । खेलकुद हुन लागेको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान हो । खेलकुद प्रतियोगिता आयोजनाका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समितिलगायत विभिन्न स्थानीय तह र सहयोगीदाताबाट आर्थिक रकम संकलन भइरहेको क्लबले जनाएको छ । रामारोशन क्षेत्र पछिल्लो समय पेसा–व्यवसायमा व्यस्त भई चाडपर्वको समयमा गाउँ आएका व्याक्तिहरुका लागि पर्यटकीय गन्तव्य बनेको छ । त्यस्तै, रामारोशनमा पारिवारिक भ्रमण, संस्थागत भ्रमणमा आउनेहरूको पहिलो रोजाइको गन्तव्य रामारोशन हो । अहिले दैनिक जसो सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू रामारोशन घुम्न आउने गरेका छन् । ठाउँ सुन्दर ,रमणीय र मनमोहक भएता पनि पर्याप्त पूर्वाधार बन्न नसकेको र पर्यटन क्षेत्रमा आउने जयगढ–रामारोशन सडक खण्ड निर्माण नहुँदा निकै सास्ती खेप्नु परेको पर्यटकहरूले गुनासो गर्ने गरेका रामारोशन पर्यटन विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताए । रामारोशनलाई पहिलो गन्तव्य बनाएर धेरै जसो पर्यटकहरू पोखरा, चितवन, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पर्यटकहरू घुम्न आउने गरेका विकको भनाइ छ । ‘बाह्र बण्ड अठार खण्ड’ का नामले प्रसिद्ध रामारोशनमा १२ ठूल्ठूला तालहरू र १८ वटा ठूला घाँसेमैदान रामारोशनका आकर्षण हुन् । रामारोशन धार्मिक र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण क्षेत्र मानिन्छ । धार्मिक रूपमा रामारोशन क्षेत्रमा विभिन्न देवीदेवताहरूको बास भएको र प्राचीन कालमा शिवपार्वतीले रामारोशनमा तपस्या गरेको किंवदन्ती रहेको छ । त्यसैले रामारोशनलाई देव, पुण्यभूमि पनि भनिन्छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू०५, सार्थक हुँदै ‘ए क्लास अबभ’
काठमाडौँ । सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइ बन्न थालेको छ। गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा तथा जसिता... ...

दशैँमा रिलिज भएका तीन चलचित्रमध्ये कसले कति कमायो ?
काठमाडौं । दशैँको बिदामा प्रदर्शनमा आएका तीन नेपाली चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । सार्वजनिक रिपोर्टअनुसार पल शाह अभिनीत ‘आ बाट आमा–२’ सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । ‘आ बाट आमा–२’ ले ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ कमाएको छ। चलचित्रका १ लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन् […] ...

बक्स अफिसमा दसैँको महाभिडन्त : ‘आ बाट आमा २’ को अग्रता, ‘१२ गाउँ २’ सबैभन्दा पछाडि
काठमाडौँ । दसैँको अवसर पारेर नेपाली हलहरूमा प्रदर्शनमा आएका तीन फिल्म मध्ये बक्स अफिसमा सबैभन्दा अगाडि ‘आ बाट आमा २’ देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस... ...

आन्तरिक अर्थतन्त्र सक्रियताको अवसर गुमाउँदै सरकार, मारमा जनता
• आन्तरिक अर्थतन्त्र कमजोर हुँदै गएपछि आमजनता प्रभावित भएका छन् र सरकारले उपलब्ध अवसरहरूलाई सदुपयोग गर्न असफल भएको छ। • दशैं, तिहार, र अन्य चाडपर्वहरूले अर्थतन्त्रलाई सक्रिय बनाउन सक्ने अवसर प्रदान गर्छन्, तर सरकारले यसलाई बेवास्ता गरिरहेको छ। • सरकारले उद्योगी र व्यापारीहरूलाई विश्वस्त बनाउन नसकेका कारण लगानीको कमी भइरहेको छ, जसले अर्थतन्त्रमा गम्भीर समस्या निम्त्याएको छ। ...


