Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका र टेकेन्द्रलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका र टेकेन्द्रलाई
Photo / Coverage: हिमालय टाइम्स

नेपालगञ्ज । तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जित्नुभएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ स्थित मदुवामा शनिबार सम्पन्न १० किलोमिटर दौडको खुला महिलातर्फ स्वस्तिका र पुरुषतर्फ टेकेन्द्रले पहिलो स्थान हासिल गर्दै उपाधि चुम्नुभएको हो । खुला महिलातर्फ रीताकुमारी दोस्रो र नन्दिता थारु तेस्रो हुनुभयो । यस्तै, खुला पुरुषतर्फ निराजन चौधरी दोस्रो र प्रशान्त तामाङ तेस्रो स्थानमा रहनुभयो । विद्यालयस्तरीय छात्रतर्फ भविन्द्र बोहरा प्रथम, समिर थारु दोस्रो र विशाल यादव तेस्रो हुनुभयो । छात्रातर्फ तीन किलोमिटर दौडमा रेणुका चौधरीले पहिलो, अनुजा थारुले दोस्रो र निस्मा थारुले तेस्रो स्थान हासिल गर्नुभयो । तीन सयभन्दा बढी धावकको सहभागिता रहेको प्रतियोगिताका सबै विधाका शीर्ष तीन खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित पदक प्रदान गरिएको थियो ।जर्मनीमा बसोबास गर्दै आउनुभएका मदुवा निवासी पूर्व राष्ट्रिय खेलाडी तीर्थ ओलीको पहलमा धारा नेपालगञ्ज म्याराथनको भगिनी दौड कार्यक्रमका रूपमा राप्तीसोनारी नेचर रन आयोजना हुँदै आएको छ । प्रतियोगिताका शीर्ष १० धावकले आगामी मंसिर १२ गते आयोजना हुने धारा नेपालगञ्ज म्याराथनको १२औँ संस्करणमा स्वतः सहभागी हुन पाउने रेस डाइरेक्टर चन्द्र गुरुङले जानकारी दिनुभयो । यसैबीच, प्रतियोगिताका अवसरमा आयोजित एक किलोमिटर वाकाथनमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा थारु, लुम्बिनी प्रदेशसभाकी पूर्व सदस्य कृष्णा केसी ‘नमुना’ लगायत करिब सय जनाको सहभागिता थियो । गाउँपालिका अध्यक्ष पौडेलले दौडको उद्घाटन गर्दै तेस्रो संस्करणदेखि सिंगो गाउँपालिका र वडा नम्बर २ ले समेत प्रतियोगिताको अपनत्व लिएको बताउनुभयो । उहाँले यसले प्रतियोगितालाई निरन्तरता दिने आधार तयार भएको उल्लेख गर्नुभयो । प्रतियोगितामा विजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभाकी पूर्व सदस्य कृष्णा केसी, वडाध्यक्ष ज्ञानेन्द्र ओली र धारा नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीलगायतले पुरस्कार तथा पदक वितरण गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली फुटबलको प्रतिबन्ध हट्ने बाटो खुल्यो
Latest NewsJust now

नेपाली फुटबलको प्रतिबन्ध हट्ने बाटो खुल्यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको अन्तर्राष्ट्रिय निलम्बन फुकुवाका लागि सकारात्मक संकेत दिएको छ । तर, त्यसका लागि वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङकै नेतृत्वमा एन्फाको तहगत निर्वाचन सम्पन्न गर्नुपर्ने शर्त राखेको छ । बिहीबार थाइल्याण्डको बैंककमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिबीच भएको छलफलमा सहमति ...

हिमालय टाइम्स
सन्तोषी श्रेष्ठलाई दुई स्वर्ण, दुवैमा कोर्स रेकर्ड
Latest NewsJust now

सन्तोषी श्रेष्ठलाई दुई स्वर्ण, दुवैमा कोर्स रेकर्ड

काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा आयोजित १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा दुई विधामा कोर्स रेकर्डसहित स्वर्ण पदक जित्नुभएको छ । हुलुमालेस्थित सेन्ट्रल पार्कमा आयोजित प्रतियोगितामा सन्तोषीले महिला हाफ म्याराथन र पाँच किलोमिटर दौडमा स्वर्ण जित्नुभएको हो । उहाँले हाफ म्याराथन एक घण्टा २६ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्ड बनाउनुभयो । यसअघि पनि दुवै ...

हिमालय टाइम्स
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
Latest NewsJust now

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल)मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ । त्यसमध्ये छनोट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन् । नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो । एनएफएलका कमिश्नर राजु घिसिङले भन्नुभयो, ‘आठ शहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव ...

हिमालय टाइम्स
ह्यारी केन केही महिना मैदानबाहिर रहने
Latest NewsJust now

ह्यारी केन केही महिना मैदानबाहिर रहने

म्युनिख । इंग्ल्याण्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन बायाँ गोलीगाँठाको लिगामेन्ट च्यातिएपछि केही महिनाका लागि मैदानबाहिर रहने हुनुभएको छ । बायर्नले कोलोनसँग खेलेको जर्मन बुन्डेसलिगा खेलमा चोट लागेपछि केनले आगामी केही महिना खेल्न नसक्ने जनाएको हो । बायर्न म्युनिख र कोलोनबीचको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २०औँ मिनेटमा कोलोनका डिफेन्डर जोएल स्मिडसँगको टक्करपछि केन ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play