Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

राजेन्द्र लिङ्देनले भने- ‘भ्रष्टाचार प्रमाणित भए राजनीति छाडेर विपक्षीको घरमा भाँडा माझ्छु’

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजेन्द्र लिङ्देनले भने- ‘भ्रष्टाचार प्रमाणित भए राजनीति छाडेर विपक्षीको घरमा भाँडा माझ्छु’
Photo / Coverage: पर्दाफास

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई पुनः चुनौती दिएका छन् । आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध निर्मम रूपमा उभिन तयार रहेको उनले बताएका छन् । बुधबार राप्रपा काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले संसद्मा प्रतिनिधित्व गर्दादेखि नै सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गरे । ‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसददेखि निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ’, उनले भने । भ्रष्टाचारको आरोप प्रमाणित भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताउँदै उनले राजनीतिबाटै सन्यास लिएर विपक्षीको घरमा भाँडा माझ्नसमेत तयार रहेको दाबी गरे । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिनुलाई उनले रहस्यमय भन्दै आफूले स्वेच्छाले सम्पत्ति विवरण बुझाएको जानकारी दिए । ‘छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु । म सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट भ्रष्टाचारविरोधी छु । त्यसैले राप्रपा भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्छ’, उनले भने । आफ्नो अडान सिद्धान्तमा मात्र नभई मन, वचन र कर्ममा आधारित रहेको उनको भनाइ थियो । आगामी दिनमा राप्रपाले भ्रष्टाचारविरुद्धको मुद्दालाई प्रमुखताका साथ अघि बढाउने उनले बताए । पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै लिङ्देनले कार्यकर्ता र नेतृत्वलाई संयमित रहन आग्रह गरे । पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले निजी स्वार्थका लागि पार्टी र सहकर्मीको मानमर्दन गर्ने काम नगर्न सचेत गराए । ‘अब हाम्रो मुख्य लक्ष्य पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु हो । नेतृत्व चयन सहमतिबाट हुन सके राम्रो हुन्छ, नभए स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ’, उनले भने, ‘तर नेतृत्वका आकाङ्क्षी साथीहरूले व्यक्तिगत स्वार्थका लागि एकअर्कालाई होच्याउने र पार्टीको मनोबल कमजोर बनाउने काम गर्नु हुँदैन । पार्टीको एकता, प्रतिष्ठा र हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरु
OthersJust now

गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरु

केन्द्र सञ्चालनसँगै अब स्वदेशी प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा पाउने बाटो खुलेको छ । ...

अनलाइन खबर
प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्ने आईजीपी केसीको प्रतिबद्धता
OthersJust now

प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्ने आईजीपी केसीको प्रतिबद्धता

काठमाण्डु– नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उनले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रण व्यक्त गरे । प्रहरी सङ्गठनको मर्यादा र निश्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै महानिरीक्षक केसीले […] ...

काठमाण्डुपाटी
प्रहरीलाई प्रविधिमैत्री बनाउने नवनियुक्त आईजीपी केसीको घोषणा, गुनासो सुन्न छुट्टै संयन्त्र
OthersJust now

प्रहरीलाई प्रविधिमैत्री बनाउने नवनियुक्त आईजीपी केसीको घोषणा, गुनासो सुन्न छुट्टै संयन्त्र

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै अपराधका आधुनिक स्वरूपविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार दज्र्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले साइबर अपराध, क्रिप्टो कारोबार र संगठित अपराधको चुनौती सामना गर्न प्रहरी संगठनलाई प्रविधिमैत्री र थप विशिष्टीकृत बनाउने उद्घोष गरेका हुन् । नवनियुक्त आईजीपी केसीले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीको कार्यशैलीमा रूपान्तरण आवश्यक ...

पर्दाफास
प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
OthersJust now

प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’

गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकमैत्री बनाउँदै शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा गृहमन्त्री गुरुङले नागरिकसँगको व्यवहार सुधार गरी प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न निर्देशन दिएका हुन्। उनले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्नुपर्नेमा जोड दिँदै सेवा प्रवाहका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play