Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रहरीलाई प्रविधिमैत्री बनाउने नवनियुक्त आईजीपी केसीको घोषणा, गुनासो सुन्न छुट्टै संयन्त्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीलाई प्रविधिमैत्री बनाउने नवनियुक्त आईजीपी केसीको घोषणा, गुनासो सुन्न छुट्टै संयन्त्र
Photo / Coverage: पर्दाफास

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै अपराधका आधुनिक स्वरूपविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार दज्र्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले साइबर अपराध, क्रिप्टो कारोबार र संगठित अपराधको चुनौती सामना गर्न प्रहरी संगठनलाई प्रविधिमैत्री र थप विशिष्टीकृत बनाउने उद्घोष गरेका हुन् । नवनियुक्त आईजीपी केसीले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीको कार्यशैलीमा रूपान्तरण आवश्यक रहेको औँल्याए । उनले साइबर ठगी, डीपफेक, भ्रामक सूचना तथा खुला सीमानाका कारण उत्पन्न चुनौती नियन्त्रण गर्न गृह मन्त्रालयको समन्वयमा थप प्रभावकारी योजना अघि बढाउने बताए । संस्थागत सुदृढीकरणमा जोड दिँदै उनले प्रहरीभित्र तल्लो तहका कर्मचारीका गुनासा सम्बोधन गर्न सचिवालय मातहत रहने गरी विशेष गुनासो सुनुवाइ संयन्त्र तत्काल स्थापना गर्ने घोषणा गरे । सरुवा, बढुवा र व्यावसायिक निष्पक्षतामा सुधार गर्दै कनिष्ठ प्रहरी अधिकृतको मनोबल उकास्ने र वरिष्ठ अधिकृतलाई थप जवाफदेही बनाउने आफ्नो योजना रहेको उनले उल्लेख गरे । जलवायु परिवर्तन र प्राकृतिक विपद्को सामना गर्न प्रहरीको क्षमता अभिवृद्धि गर्ने बताउँदै उनले यसका लागि पर्याप्त स्रोतसाधन र कानुनी स्पष्टता आवश्यक रहेकोमा जोड दिए । विगतका द्वन्द्व, भूकम्प र कोभिड–१९ महामारीका बेला नेपाल प्रहरीले देखाएको वीरता र सेवाभावको स्मरण गर्दै उनले आगामी दिनमा नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वप्रकाश शर्माले भने- ‘सरकारकै नियन्त्रणमा रहेका व्यक्तिको बयानबाट कांग्रेसलाई बदनाम गर्न खोजियो’
OthersJust now

विश्वप्रकाश शर्माले भने- ‘सरकारकै नियन्त्रणमा रहेका व्यक्तिको बयानबाट कांग्रेसलाई बदनाम गर्न खोजियो’

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारकै नियन्त्रणमा रहेका व्यक्तिबाट रेकर्ड गराइएका भनिएका सामग्री किस्ताबन्दीमा सार्वजनिक गरिनुले तिनको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका हुन् । सरकारको नियन्त्रणमा रहेको व्यक्तिले के बोल्ने र कति बोल्ने ...

पर्दाफास
लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्ने
OthersJust now

लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्ने

१८ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ । यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो… ...

अनलाइन खबर
सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो
OthersJust now

सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो

गत आवमा भएको जेनजी आन्दोलन र त्यसबाट सार्वजनिक सवारीसाधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा पुगेको क्षतिले बेरुजु रकम बढाएको विश्लेषण महालेखाले गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play