Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

राजनीतिक परिस्थिति परिवर्तन हुन सक्छ तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन सक्दैन : मुख्यमन्त्री किरण थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजनीतिक परिस्थिति परिवर्तन हुन सक्छ तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन सक्दैन : मुख्यमन्त्री किरण थापा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १२ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध लोकतन्त्र, नागरिक अधिकार, पारदर्शिता र जबाफदेहितामा आधारित हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काभ्रेकाे बनेपामा मदानी बिट मिडिया प्रालिको चौथो वार्षिकोत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री मगरले सरकारले गरेका राम्रा कामको प्रशंसा गर्नुका साथै कमजोरी र ढिलासुस्तीप्रति सञ्चारमाध्यमले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारमाध्यमलाई लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ, नागरिकको आवाज र राज्यलाई जबाफदेही बनाउने शक्तिका रूपमा व्याख्या गर्नुभयो । ‘हामीलाई सरकारको प्रशंसा गर्ने सञ्चारमाध्यम मात्र होइन, सरकारलाई प्रश्न गर्न सक्ने स्वतन्त्र सञ्चारमाध्यम चाहिएको छ’, उहाँले भन्नुभयाे । प्रदेश सरकारका नीति, कार्यक्रम तथा योजनासँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीका विषय जनतासम्म पुर्‍याउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । सरकारले अघि सारेका नीति तथा कार्यक्रमको प्रभाव जनतामा कस्तो परेको छ भन्ने विषय पनि सञ्चारमाध्यमले उजागर गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकार फेरिन सक्ने भए पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मूल्य फेरिन नहुने बताउनुभयाे । ‘सरकार परिवर्तन हुन सक्छ, नेतृत्व परिवर्तन हुन सक्छ, राजनीतिक परिस्थिति परिवर्तन हुन सक्छ तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन सक्दैन’, उहाँले भन्नुभयाे । स्थानीय सञ्चारमाध्यम कमजोर हुँदै जाँदा स्थानीय नागरिकको आवाजसमेत कमजोर हुने चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री मगरले स्थानीय सरकारको निगरानी, दुर्गम क्षेत्रका समस्या, नागरिकका आवश्यकता र विकासका सम्भावनालाई उजागर गर्न सञ्चारमाध्यम सशक्त हुनुपर्ने बताउनुभयो । सरकारी विज्ञापन वितरणमा देखिएको असमानता अन्त्य गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सरकारी विज्ञापनलाई सार्वजनिक सूचना नागरिकसम्म पुर्‍याउने माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा समूहको महाधिवेशनमा मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने
OthersJust now

देउवा समूहको महाधिवेशनमा मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहभापति शेरबहादु देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणाका क्रममा उनले कांग्रेसका पार्टी सभापति गगन थापाहरू पार्टी कब्जा गर्ने शैलीमा अघि बढेको आरोप लगाए ।… ...

अनलाइन खबर
सहरमा आलिसान भवन छ, विदेशमा ‘रेन्ट’ मा बसेको छ
OthersJust now

सहरमा आलिसान भवन छ, विदेशमा ‘रेन्ट’ मा बसेको छ

न जन्मघर, न बिहेपछिको घर; दुवैले तान्दैन कतिलाई । कतिपय त खुलेरै भन्छन्– जाने ठाउँ कहीं छैन मेरो । कसैले घर कहिले जाने ? भन्ने प्रश्न गर्‍यो भने नराम्ररी घोच्छ उनीहरूलाई । ...

अनलाइन खबर
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान
OthersJust now

उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान

अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका लागि तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement