Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच ‘शान्ति प्रयास अभ्यास २०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ । अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू यही मंसिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले विस्फोटक पदार्थ तथा उपकरण पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा विसर्जन गर्ने विधिबारे अनुभव साटासाट गर्नेछन् । कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञले कार्यसञ्चालनको अनुभव, प्राविधिक ज्ञान र उत्कृष्ट अभ्यासबारे जानकारी गराउनेछन् । उनीहरूले शान्ति स्थापना कार्यका क्रममा विस्फोटक पदार्थबाट उत्पन्न जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट पनि सिक्ने अवसर पाउनेछन् । दुवै देशका विशेषज्ञले संयुक्त रूपमा अभ्यास गरी विस्फोटक पदार्थजन्य जोखिम पहिचान, व्यवस्थापन र सुरक्षित विसर्जनका निम्ति आवश्यक सीप अभिवृद्धि गर्नेछन् । यस कार्यक्रमले दुई देशबीचको सैन्य सहकार्य र तयारी क्षमता सुदृढ गर्नुका साथै शान्ति सैनिक तथा नागरिकको सुरक्षा गर्ने क्षमता अभिवृद्धिको अपेक्षा गरिएको दूतावासले जनाएको छ । कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वका अग्रणी मुलुकमध्ये एक रहेको उल्लेख गर्दै यस कार्यक्रमले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने बताए । विस्फोटक पदार्थ निष्क्रिय पार्ने र हटाउने विषयमा विज्ञता आदानप्रदान गर्दा दुवै देशका साथै विश्वभरका शान्ति स्थापना अभियानमा मानवीय जीवनको रक्षा गर्ने क्षमता अभिवृद्धि हुने उनको भनाइ छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सात प्रश्नोत्तरमा बुझ्नुहोस् दुई मन्त्री तानिएको मलेसिया ठगी प्रकरण
Latest NewsJust now

सात प्रश्नोत्तरमा बुझ्नुहोस् दुई मन्त्री तानिएको मलेसिया ठगी प्रकरण

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिक लगाइएको अतिरिक्त शुल्कभार र रकम विदेश पठाइएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्व मन्त्रीसहित उच्चपदस्थ व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ । यो प्रकरणले... ...

रातोपाटी
विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखलाई ऊर्जामन्त्रीको निर्देशन
Latest NewsJust now

विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखलाई ऊर्जामन्त्रीको निर्देशन

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने बताए । उपभोक्ताले गुणस्तरीय, […] ...

लोकपथ
भोटेकोशी बाढी र विपत्तिमा ज्यान गुमाएकाको स्मृतिमा त्रिवेणीमा पितृमुक्ति महायज्ञ हुने
Latest NewsJust now

भोटेकोशी बाढी र विपत्तिमा ज्यान गुमाएकाको स्मृतिमा त्रिवेणीमा पितृमुक्ति महायज्ञ हुने

अष्टाचल धनधान्याञ्चल विराट महायज्ञअन्तर्गत मंसिर २० गतेदेखि तीन दिनसम्म पितृमुक्ति महायज्ञ गर्न लागिएको हो। ...

हाम्राकुरा
हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छ : महावीर पुन
Latest NewsJust now

हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छ : महावीर पुन

हेटौँडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पुराना मेसिनको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन अघि बढाउने बताएका छन् । शुक्रबार उद्योगको अवलोकन गर्दै मन्त्री पुनले त्यहाँ रहेका पुराना मेसिन तथा उपकरणको प्राविधिक अवस्था अध्ययन गरेर आवश्यक सुधार गर्न सकिने बताए । उनका अनुसार पुराना मेसिन अझै काम गर्न सक्ने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement