Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान
Photo / Coverage: पर्दाफास

अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका लागि तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को पखेटामा ठक्कर दिएको थियो । दुवै विमान उडानका लागि विमानस्थलको ट्याक्सीवेमा अघि बढिरहेका बेला घटना भएको हो । घटनापछि दुवै विमानलाई आआफ्नो पार्किङ गेटमा फर्काइएको थियो । अमेरिकन एयरलाइन्सले दुवै विमानलाई प्राविधिक निरीक्षणका लागि सेवाबाट हटाइएको जनाएको छ । सीबीएस न्युजलाई दिएको वक्तव्यमा एयरलाइन्सले भनेको छ, ‘दुवै विमानलाई आआफ्नो गेटमा फर्काइएको छ र हाम्रो मर्मतसम्भार टोलीबाट निरीक्षण गर्न सेवाबाट हटाइएको छ ।’ एफएए र अमेरिकन एयरलाइन्सले घटनामा कसैलाई चोटपटक नलागेको पुष्टि गरेका छन् । मेट्रोपोलिटन वासिङ्टन एयरपोट्र्स अथोरिटीका अनुसार विमान एकआपसमा ठोक्किएपछि अग्नि नियन्त्रण तथा उद्धार टोली घटनास्थल पुगेको थियो । तर, उक्त घटनाले विमानस्थलका अन्य उडान सञ्चालनमा कुनै अवरोध सिर्जना नगरेको प्राधिकरणले जनाएको छ । फ्लाइट ६३८ टेक्सासको डलास र फ्लाइट २१५२ सिकागोका लागि उडान भर्ने तयारीमा थिए । घटनापछि दुवै उडानका यात्रुलाई अर्को विमानमार्फत गन्तव्यमा पु¥याउने व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ । न्युयोर्क पोस्टका अनुसार घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासनले अनुसन्धान गर्नेछ । अमेरिकामा थ्याङ्क्सगिभिङ बिदाका कारण हवाई यात्रुको चाप बढिरहेका बेला विमानस्थलहरूमा उडानसम्बन्धी अवरोधका घटना भइरहेका छन् । यसअघि नोभेम्बर २६ मा मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा फेडएक्सको कार्गो विमान धावनमार्गबाट बाहिरिएको थियो । मेम्फिसबाट उडेको म्याकडोनल डगलस एमडी–११ विमान (फ्लाइट ९१०) अवतरणका क्रममा रनवे २६आरबाट बाहिरिएपछि विमानस्थलका केही धावनमार्ग बन्द गर्नुपरेको थियो । घटनापछि मियामी–डेड अग्नि तथा उद्धार टोली परिचालन गरिएको थियो । उक्त घटनामा पनि कसैलाई चोटपटक लागेको थिएन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार तेस्रो हार
OthersJust now

इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार तेस्रो हार

१२ मंसिर, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार राति भएको खेलमा चेल्सी नटिङहम फरेस्टसँग ३–२ गोलले पराजित भएको हो। फरेस्टको घरेलु मैदानमा इगोर जेससले पाँचौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको छैटौं मिनेटमा मोर्गन गिब्स–ह्वाइटले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। ५४औं मिनेटमा इमानुएल इमेघाले गोल गर्दै… ...

अनलाइन खबर
संविधानले दियो निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन
OthersJust now

संविधानले दियो निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

२२४ आधारभूत सेवा लक्षित पहुँचमा पुर्‍याउन वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने तर हाल २२ अर्ब ४० करोड मात्रै खर्च भइरहेको देखाउँदै स्वास्थ्य मन्त्रालयको अध्ययनले बजेट सीमितताका कारण आधारभूत सेवालाई तीन प्राथमिकता समूहमा बाँडेर चरणबद्ध लागु गर्न सिफारिस गरेको छ। ...

अनलाइन खबर
पुल नहुँदा तुइनको भर, जोखिमपूर्ण यात्रामा रसुवावासी
OthersJust now

पुल नहुँदा तुइनको भर, जोखिमपूर्ण यात्रामा रसुवावासी

भोटेकोशी नदीमा आएको बाढीले भौतिक संरचनासहित पुलहरू बगाएपछि रसुवाका स्थानीय बासिन्दा अहिले पनि सहज आवतजावतको पर्खाइमा छन् । गत भदौ १० गते आएको बाढीले गाउँ जोड्ने बाटो र पुलहरूमा क्षति पुर्याएपछि स्थानीयवासी तुइनको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा जसोतसो तुइन तरेर वारपार गरिरहेका उनीहरूलाई वर्षायाममा कसरी आवतजावत गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । पुल नहुँदा नदी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement