Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

दशौँ खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा
Photo / Coverage: लुम्बिनी सञ्चार

सुर्खेत। कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन्। शुक्रबार भएको खेलमा आर्मीले सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले तथा एपिएफले मधेस प्रदेशलाई ८० रनले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम चारमा स्थान बनाए। यसअघि नै समूह ‘सी’ बाट बागमती प्रदेश सेमिफाइनलमा पुगिसकेको छ। प्रतियोगितामा तीन समूहका विजेता र उत्कृष्ट एक उपविजेता सेमिफाइनलमा पुग्ने प्रावधान छ। तीनै समूहका उपविजेताको अंक समान भए नेट रनरेटका आधारमा उत्कृष्ट एक उपविजेता छनोट हुनेछ। समूह ‘ए’ को खेलमा आर्मीले दिएको १३९ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १३.१ ओभरमा ४१ रनमै अलआउट भयो। आर्मीकी मनीषा उपाध्यायले चार तथा यमुना थारुले तीन विकेट लिइन्। कविता कुँवरले दुई र लक्ष्मी साउदीले एक विकेट हात पारिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले चार विकेट गुमाएर १३८ रन बनाएको थियो। सम्झना खड्काले ६२ र यशोदा विष्टले ३३ रन बनाइन्। समूह ‘बी’ मा एपिएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा सात विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो। एपिएफका सुमन विष्ट र राजमती ऐरीले दुई–दुई विकेट लिए। यसअघि एपिएफले २० ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो। इन्दु बर्माले ५६ र रोमा थापाले अविजित ४४ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए। अब उत्कृष्ट उपविजेता टोलीको टुंगो लाग्न समूह ‘सी’ को अन्तिम खेल कुर्नुपर्नेछ। उक्त समूहको अन्तिम खेलमा मंगलबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। हाल समूह ‘ए’ मा कोशी प्रदेश र समूह ‘बी’ मा मधेस प्रदेशले समान दुई अंक जोडेकाले उत्कृष्ट उपविजेताका रूपमा सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विलीन अनुभूति  (कविता)
Latest NewsJust now

विलीन अनुभूति (कविता)

जन्मनु– मेरो निर्णय थिएनमृत्यु पनि मेरो हातमा छैनम त केवल अनन्तको श्वासमा बगेकोएक क्षणिक तरङ्ग हुँ ।जन्म र मृत्युका दुई किनाराबिचजीवन नामको नदी हुँ मबिस्तारै बिस्तारै बगिरहेकी छुर... ...

गोरखापत्र
नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने
Latest NewsJust now

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच ‘शान्ति प्रयास अभ्यास २०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ । अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू यही मंसिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति ...

केन्द्रबिन्दु
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा
Latest NewsJust now

मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा

काठमाडौँ । मोहन बस्नेतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार बिहान पत्रकार सम्मेलन गरी बस्नेतले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफू लामो... ...

रातोपाटी
पुवाखोलाको बेलिब्रिज जोखिममा
Latest NewsJust now

पुवाखोलाको बेलिब्रिज जोखिममा

इलाम समाचारदाता इलाम, मङ्सिर १२ गते । पुल जडान सम्पन्न भएपछि गरिएको लोड परीक्षणमा ३० टनसम्म भारवहन क्षमता पुष्टि भएको थियो तर सञ्चालनमा आएको केही महिना नबित्दै नियमविपरीत सवारी सञ्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement