Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

राजनीतिक जीवनमा पाउनुपर्ने सबै पाएँ, अब जीवनभर देशको सेवा गर्छु : पूर्वप्रधानमन्त्री देउवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजनीतिक जीवनमा पाउनुपर्ने सबै पाएँ, अब जीवनभर देशको सेवा गर्छु : पूर्वप्रधानमन्त्री देउवा
Photo / Coverage: हिमालय टाइम्स

दाङ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा प्राप्त गर्नुपर्ने सबै उपलब्धि हासिल गरिसकेको भन्दै अब जीवनभर देशको सेवा गर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको देउवा पक्षको नियमित १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनको भालुबाङमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आफू पाँचपटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्नुभयो । देउवाले लोकतन्त्रका आधारभूत सिद्धान्त, मूल्य र मान्यतालाई कसैले कमजोर बनाउन नसक्ने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रलाई थप सुदृढ र संस्थागत गर्दै अघि बढाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । अधिवेशनलाई कांग्रेस नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो । अधिवेशनका क्रममा विभिन्न जिल्लाका नेताहरूले आ–आफ्नो जिल्लाको राजनीतिक अवस्था, पार्टी संगठनको स्थिति र आगामी रणनीतिबारे धारणा राखेका थिए । प्रदेश अधिवेशन समिति संयोजक गेहेन्द्र गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ट्रम्पको दबाबपछि एनभिडियाका सीईओ जेन्सेन हुआङ पुनः पदमा
Latest NewsJust now

ट्रम्पको दबाबपछि एनभिडियाका सीईओ जेन्सेन हुआङ पुनः पदमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष दबाबपछि चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष र सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले सोमबार तत्काल... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौँ, मङ्सिर ७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबिचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक व... ...

गोरखापत्र
ईपीजी प्रतिवेदन पुरानो भयो, अब सान्दर्भिक छैन: भारतीय विदेश सचिव मिस्त्री
Latest NewsJust now

ईपीजी प्रतिवेदन पुरानो भयो, अब सान्दर्भिक छैन: भारतीय विदेश सचिव मिस्त्री

भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन पुरानो भइसकेको प्रतिक्रिया दिएका छन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको २ दिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीले तयार पारेको प्रतिवेदनबारे सोधिएको प्रश्नमा सचिव मिस्त्रीले त्यो प्रतिवेदनको कुरा अहिले सान्दर्भिक... ...

नेपालखबर
सियोलमा ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ सम्पन्न: विश्व लेखा मञ्चमा नेपालको बलियो उपस्थिति
Latest NewsJust now

सियोलमा ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ सम्पन्न: विश्व लेखा मञ्चमा नेपालको बलियो उपस्थिति

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित तीन दिने ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ साथ सम्पन्न भएको छ । इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स र कोरियन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक एकाउन्टेन्ट्सको संयुक्त आयोजनामा नोभेम्बर १७ देखि १९ सम्म चलेको विश्वस्तरीय सम्मेलनमा नेपालकोसमेत सहभागिता रहेको थियो । ‘टुगेदर फर अ कनेक्टेड टुमरो’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा विश्वभरका लेखा व्यवसायी, नियामक निकाय, सरकारी ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement