काठमाडौँ । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित तीन दिने ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ साथ सम्पन्न भएको छ । इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स र कोरियन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक एकाउन्टेन्ट्सको संयुक्त आयोजनामा नोभेम्बर १७ देखि १९ सम्म चलेको विश्वस्तरीय सम्मेलनमा नेपालकोसमेत सहभागिता रहेको थियो । ‘टुगेदर फर अ कनेक्टेड टुमरो’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा विश्वभरका लेखा व्यवसायी, नियामक निकाय, सरकारी अधिकारी, मापदण्ड निर्धारक तथा कर्पोरेट नेतृत्वकर्ताहरूबिच तीन दिनसम्म संवाद र विचार विमर्श भएका थिए । सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई) ले लेखा व्यवसायमा ल्याउने क्रान्तिकारी रूपान्तरण, भविष्यको जनशक्ति विकास, आर्थिक उत्थानशीलता, दिगोपन, विश्वव्यापी लेखा मापदण्ड र व्यावसायिक विश्वासको अपरिहार्य भूमिकाका विषयमा गहन विषय छलफल गरेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष काफ्लेले जानकारी गराएका छन् । नेपालको सहभागिता र रणनीतिक उपलब्धिसम्मेलन तथा ‘आइफ्याक काउन्सिल बैठक’मा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेको नेतृत्वमा सहभागी नेपाली प्रतिनिधिमण्डलले विश्व लेखा समुदायमाझ नेपालको बलियो नीतिगत र व्यावसायिक उपस्थिति जनाएको उपाध्यक्ष काफ्लेले उल्लेख गरेका छन् । सम्मेलनका क्रममा भएका उच्चस्तरीय साइडलाइन बैठकहरूमा नेपाली टोलीले विश्वका अग्रणी लेखा संस्थाहरूसँग समझदारीपत्र तथा पारस्परिक मान्यता सम्झौता अघि बढाउने विषयमा छलफल गरेको छ । विशेषगरी ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ नेपाल’ (जिएआइएन) मार्फत नेपाली लेखा फर्महरूको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा लेखा तथा परामर्श सेवा प्रवाह गर्र्ने, नेपाली लेखा अभ्यासमा आधुनिक एआई प्रविधि र तालिम भित्र्याउने तथा जलवायु, दिगोपन लेखा एवं फरेन्सिक लेखापरीक्षणमा विश्वव्यापी सहकार्य गर्ने विषयमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको नेपाली प्रतिनिधी मण्डलको विश्वास छ । विश्व लेखा व्यवसायमा भइरहेका नवीनतम परिवर्तन, आगामी चुनौती र अवसरहरूबारे प्रत्यक्ष अनुभव बटुलेको नेपाली टोलीको यो सक्रियताले नेपाली सीए उपाधिको विश्वव्यापी मान्यता अझ फराकिलो बनाउनुका साथै विश्व लेखा नीति निर्माणमा नेपालको आवाजलाई थप प्रभावशाली बनाउने विश्वास लिइएको छ ।
सियोलमा ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ सम्पन्न: विश्व लेखा मञ्चमा नेपालको बलियो उपस्थिति

Read Complete Original Article
Published originally on टक्सार






