Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

राउटे समुदायलाई भेट्न सुन्धारास्थित गेस्ट हाउस पुगिन् मन्त्री बादी

Share:WhatsAppFacebookX (Twitter)Telegram
राउटे समुदायलाई भेट्न सुन्धारास्थित गेस्ट हाउस पुगिन् मन्त्री बादी
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले काठमाडौं आएका राउटे समुदायका सदस्यलाई सुन्धारास्थित गेस्ट हाउसमा पुगेर भेट गरेकी छन्। मन्त्री बादीले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा उनीहरूसँग आत्मीय संवाद गरेकी हुन्। नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को मुख्य आयोजनमा मंसिर ४ देखि ६ गतेसम्म सम्पन्न अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन राउटे समुदाय काठमाडौं आएका हुन् । प्रदर्शनीमा राउटे समुदायले उत्पादन गरेका सामग्री पनि राखिएको थियो। सल्यान भ्रमणका क्रममा राउटे बस्तीमै पुगेर उनीहरूको जीवनशैली र समस्या बुझेकी मन्त्री बादीलाई त्यतिबेला समुदायका सदस्यले आफ्नै हातले बनाएका रोटी बेल्ने सामग्री, काठका ठेकीलगायत परम्परागत हस्तकलाका सामग्री उपहार दिएका थिए। सोही भेटको सम्झना गर्दै राउटे समुदायका सदस्य काठमाडौं आएको जानकारी पाएपछि मन्त्री बादी उनीहरूलाई भेट्न पुगेकी हुन्। भेटमा मन्त्री बादीले प्रधानमन्त्री बालेन शाह र आफ्नो तस्बिर तथा मन्त्रालयको तस्बिर छापिएका सामग्रीसँगै साडी, पोते, जुत्तालगायत आवश्यक सामग्री उपहार दिइन्। सामग्री पाएपछि राउटे समुदायका सदस्यले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए। भेटका क्रममा राउटे समुदायका सदस्यले आफ्नो समुदायमा कसैको मृत्यु भए बस्ती नजिकै खाल्डो खनेर अन्त्येष्टि गर्ने, मृत्युसंस्कारपछि सातदेखि १२ दिनसम्म किरिया बस्ने र त्यसपछि पुरानो बसोबास छाडेर अर्को स्थानमा सर्ने परम्परा रहेको जानकारी गराएका थिए। निरन्तर बसाइँसराइका कारण खानपान, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवामा पहुँच कठिन हुने विषयमा पनि छलफल भएको थियो। मन्त्री बादीले राउटे समुदायको ऐतिहासिक पहिचान, जीविकोपार्जनको इतिहास तथा मौलिक संस्कृति र परम्पराको सम्मान गर्दै संरक्षण र प्रवर्द्धनमा सरकार लागिरहेको बताइन्। उनले समुदायको इच्छाअनुसार सुरक्षित बसोबास, पर्याप्त अन्न तथा बालबालिका, गर्भवती महिला, एकल महिला र ज्येष्ठ नागरिकको पोषणलगायत जीवनस्तर सुधारका क्षेत्रमा थप काम गर्नुपर्ने बताइन्। राउटे समुदायका सदस्यले आफूहरू पनि जीवनशैलीमा सकारात्मक परिवर्तन चाहेको बताउँदै शिक्षा, स्वास्थ्य र आवासमा बिस्तारै परिवर्तन भइरहेको जानकारी दिए। त्यसका लागि समुदायका अग्रज तथा मुखियालाई समेत बुझाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो। उनीहरूले बस्ती सुरक्षाका लागि प्रहरी परिचालनमा समन्वय, बालबालिका तथा युवालाई खेलकुद सामग्री उपलब्ध गराउने र विभिन्न स्थानको भ्रमण गराउने व्यवस्था गर्न पनि आग्रह गरेका थिए। मन्त्री बादीले राउटे समुदायको आवश्यकता बुझेर सम्बन्धित निकायसँग समन्वय गर्दै शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, सामाजिक सुरक्षा र जीविकोपार्जनका क्षेत्रमा थप काम गर्ने बताइन्। उनले समुदायको स्वतन्त्र इच्छा, सहभागिता र सहमतिका आधारमा परिवर्तनका सम्भावनाबारे छलफल गर्नुपर्नेमा जोड दिइन्। राउटे समुदायको परम्परागत सीप र कलाको संरक्षणसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको बजार पहुँच विस्तार गर्नुपर्ने उनको भनाइ थियो। उनले राउटे समुदायको पहिचान जोगाउँदै जीवन सहज बनाउने विषयमा सरकार र समुदायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताइन्। भेटघाटको अन्त्यमा मन्त्री बादीले राउटे समुदायका सदस्यलाई मन्त्रालयमा आउन निमन्त्रणा दिइन्। निमन्त्रणाप्रति खुसी व्यक्त गर्दै उनीहरूले मन्त्रालयमा आउने बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खनिज उत्खननमा भावी पुस्ताको हित सुनिश्चित गर्न सांसदहरूको प्रस्ताव
Latest NewsJust now

खनिज उत्खननमा भावी पुस्ताको हित सुनिश्चित गर्न सांसदहरूको प्रस्ताव

काठमाडौं । सांसदहरूले खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान राख्ने प्रस्ताव राखेका छन् । ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ मा संशोधन प्रस्ताव राख्दै सांसदहरूले भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान खोजेका हुन् । प्रतिनिधिसभा सदस्यहरू बासना थापा, जयपती रोकाया र रीना उप्रेती (के.सी.)ले प्रस्तावित विधेयकको दफा (३) मा खनिज पदार्थको संरक्षण तथा ...

केन्द्रबिन्दु
चारवटा विधेयकमाथिको दफावार छलफल सुरु
Latest NewsJust now

चारवटा विधेयकमाथिको दफावार छलफल सुरु

काठमाण्डु – संसदीय विशेष समितिमा चारवटा विधेयकमाथि दफाबार छलफल सुरु भएको छ। महिला तथा सामाजिक मामिला समितिले समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमा संशोधनकर्ता सहित दफावार छलफल सुरु भएको हो । अर्थ समितिमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि संशोधन प्रस्ताव दर्ता गर्ने संशोधनकर्तासँग छलफल अघि […] ...

काठमाण्डुपाटी
मैदान र नेतृत्वमा कस्ता देखिए आठै टोलीका कप्तान?
Latest NewsJust now

मैदान र नेतृत्वमा कस्ता देखिए आठै टोलीका कप्तान?

काठमाडौँ । कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए। कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो... ...

रातोपाटी
बेँसी झरे उपल्लो मुस्ताङका स्कुल
Latest NewsJust now

बेँसी झरे उपल्लो मुस्ताङका स्कुल

मुस्ताङ समाचारदातामुस्ताङ, मङ्सिर ७ गते । चिसो बढेसँगै उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालय तथा गुम्बा विद्यालयले जिल्लाबाहिर घुम्ती कक्षा चलाएका... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement