Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी
Photo / Coverage: पर्दाफास

राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, ज्ञान र परम्परागत सीप तथा कलाको पहिचान संरक्षण गर्दै उनीहरूको चाहना र आवश्यकताअनुसार जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम अघि बढाउने तयारी गरेको छ । समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता पहिचान गरी आवास, शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक आत्मनिर्भरताका अवसर विस्तार गर्न विशेष अध्ययन कार्यदल गठन गर्ने पहलसमेत अघि बढाइएको छ । मंसिर ६ गते साँझ काठमाडौँको सुकेधारामा राउटे समुदायका सदस्यहरूसँग भएको भेटघाटका क्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले उनीहरूलाई मन्त्रालयमा आउन निमन्त्रणा गरेकी थिइन् । सोही निमन्त्रणाअनुसार समुदायका दुई युवा र दुई बालिका सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेका थिए । मन्त्री बादीले आफ्नै कार्यकक्षमा उनीहरूसँग आत्मीय भेटघाट तथा छलफल गरिन् । मन्त्री बादीले समुदायका सदस्यहरूसँगै दिउँसोको खाना खानुका साथै उनीहरूकै रुचि र रोजाइअनुसार परिकारको व्यवस्था गरेकी थिइन् । सो क्रममा उनीहरूको व्यक्तिगत चाहना, जीवनशैली, आवश्यकता र भविष्यका योजनाबारे जानकारी लिइन् । राउटे समुदायका समस्या र आवश्यकताबारे सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई प्रत्यक्ष जानकारी गराई समाधानका लागि समन्वय जुटाउने उद्देश्यले मन्त्री बादीले समुदायका सदस्यहरूलाई आफ्नै साथमा लिएर विभिन्न मन्त्रीहरूसँग भेट गराइन् । समुदायका सदस्यहरूकै उपस्थितिमा उनीहरूका समस्या र आवश्यकताबारे सम्बन्धित मन्त्रीहरूसमक्ष कुरा राख्दै आवश्यक पहलका लागि आग्रह गरिन् । मन्त्री बादीले कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग राउटे समुदायको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या र दीर्घकालीन विकासका सम्भावनाबारे छलफल गरिन् । समुदायको भाषा, संस्कृति र मौलिक पहिचान सुरक्षित राख्दै जीवनस्तर सुधार गर्न आवश्यक सरकारी पहल तथा विभिन्न मन्त्रालयबीचको समन्वयका विषयमा ध्यानाकर्षण गराइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै
OthersJust now

काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै

मारवाडी समुदायको कला, संस्कृति, परम्परा, वेशभूषा तथा खानाका परिकारको संरक्षण, प्रदर्शन र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘मारवाडी महोत्सव २०८३’ आयोजना हुने भएको छ । प्रेस्टिज इभेन्ट्स मारवाडी समाजको आयोजनामा आगामी मंसिर १२ गते शनिबार काठमाडौंको भृकुटीमण्डप बगैँचा क्षेत्रमा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो । आयोजकले पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै नेपालमा लामो समयदेखि बसोबास गर्दै आएको मारवाडी समुदायको मौलिक पहिचान, कला, ...

पर्दाफास
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री बालेनको आह्वान
OthersJust now

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री बालेनको आह्वान

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै दुई देशबीच भएका समझदारी र अघि बढाइएका पूर्वाधार आयोजनाबाट नागरिकले प्रत्यक्ष आर्थिक तथा सामाजिक लाभ पाउनुपर्ने बताएका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप ...

पर्दाफास
यति पेन्ट्स उत्कृष्ट करदाताका रुपमा सम्मानित
OthersJust now

यति पेन्ट्स उत्कृष्ट करदाताका रुपमा सम्मानित

पेन्ट्स उत्पादक स्वदेशी कम्पनी यति पेन्ट्स प्रालि आन्तरिक राजस्व कार्यालय हेटाौडा, मकवानपुरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१।८२ को आय विवरण अनुसार कार्यलयको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो । १५ औं राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कम्पनीलाई सम्मानपत्र प्रदान गरिएको हो । यति पेन्ट्सले यसअघि आर्थिक वर्ष ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डीबी सुनारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ आयामबाट परिभाषित गर्न महत्वपूर्ण सन्देश दिने बताएका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणबारे धारणा राख्दै उनले नेपाल–भारत सम्बन्धमा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाबारे उठ्ने प्रश्न र आरोपहरूलाई चिर्न भ्रमण महत्वपूर्ण हुने बताए । उनले भने, ‘नेपाल र भारतको सम्बन्धमा इन्टरनेसनल फ्याक्टरहरूले कसरी भूमिका निर्वाह गरिरहेका छन् ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement