Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

राइड २५ अभियानको टोली सौराहामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राइड २५ अभियानको टोली सौराहामा
Photo / Coverage: हिमालय टाइम्स

चितवन । लण्डनदेखि अष्ट्रेलियाको सिड्नीसम्म अन्तर्राष्ट्रिय साइकल यात्रामा निस्किएको राइड २५ अभियानको टोली चितवनको पर्यटकीय नगरी सौराहा आइपुगेको छ । अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानसहित १५औँ चरणको यात्रामा रहेको टोलीले सौराहास्थित रोयल ट्युलिप चितवनमा बसेर यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन वातावरण र आतिथ्यताको अनुभव गरेको हो । सन् २०१२ देखि सञ्चालन हुँदै आएको राइड २५ अभियानले विभिन्न देश हुँदै चरणबद्धरूपमा साइकल यात्रा गर्दै आएको छ । सन् २०२५ मा १४औँ चरण पूरा गरेको टोलीले नोभेम्बर १५, २०२६ मा भारतको तिजाराबाट १५औँ चरणको यात्रा सुरु गरेको थियो । नेपाल हुँदै अघि बढेको टोलीले नोभेम्बर २२ मा काठमाडौं पुगेर उक्त चरण सफलतापूर्वक सम्पन्न गरेको छ । साइकल यात्रालाई परोपकारी कार्यसँग जोड्दै आएको अभियानले प्रत्येक वर्ष दुई लाख पाउण्डभन्दा बढी रकम सामाजिक सेवाका लागि संकलन गर्ने लक्ष्य राखेको छ । यात्रामा सहभागीले आफ्नो व्यक्तिगत खर्च आफैं बेहोर्ने भएकाले संकलित रकम प्रत्यक्षरूपमा परोपकारी कार्यमा खर्च गरिने जनाइएको छ । सौराहामा रहँदा टोलीले नेपाललाई अन्तर्राष्ट्रिय साइकल तथा साहसिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा चर्चा गर्दै चितवनको प्राकृतिक सम्पदा, वन्यजन्तु र सांस्कृतिक विविधताले विदेशी पर्यटक आकर्षित गर्न सक्ने धारणा राखेको थियो । यस अवसरमा रोयल ट्युलिप चितवनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले टोलीलाई स्वागत गर्दै साहसिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले साइकल यात्रामार्फत् परोपकारी कार्यमा योगदान पुर्‍याएकोमा अभियानको प्रशंसा गर्नुभयो । सौराहाको भ्रमणपछि टोली काठमाडौं प्रस्थान गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तपाईको शनिबारको भाग्य कस्तो छ ?
Latest NewsJust now

तपाईको शनिबारको भाग्य कस्तो छ ?

२०८३ मंसिर १२ गते शनिबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न ...

टक्सार
एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता
Latest NewsJust now

एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणका लागि खेलाडी अक्सन डिसेम्बरको दोस्रो साता हुने भएको छ । आगामी फागुन १ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गर्दै आयोजकले अक्सन प्रक्रिया अघि बढाएको हो । ललितपुर सिटी एफसीका प्रबन्ध निर्देशक आलोकजंग जोशीले अक्सनको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सनअघि लिगमा सहभागी हुन इच्छुक खेलाडीको विवरण संकलन गरिनेछ । प्राप्त ...

हिमालय टाइम्स
एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश

दोहा । एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो सेमिफाइनल खेलमा श्रीलंका ‘ए’ ले भारत ‘ए’ लाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । दोहास्थित वेस्ट एण्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको ३१८ रनको विशाल लक्ष्य श्रीलंकाले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४१ ओभर ३ बलमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो । यो पराजयसँगै भारत ...

हिमालय टाइम्स
झुटो नाम राखेर ऋषभ पन्तले खेले न्युजिल्याण्डको क्लब क्रिकेट
Latest NewsJust now

झुटो नाम राखेर ऋषभ पन्तले खेले न्युजिल्याण्डको क्लब क्रिकेट

लण्डन । भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्तले न्युजिल्याण्डको क्राइस्टचर्चमा एक क्लब क्रिकेट टोलीबाट झुटो नाममा खेल्नुभएको छ । भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्ट सुरु हुनुभन्दा एक दिनअघि पन्तले स्थानीय क्लबबाट खेल्दै २१ बलमा ५४ रन बनाउनुभएको हो । २९ वर्षीय पन्तले ‘स्ट्यान स्ट्यान’ नामबाट ओपन हाउस स्विङ्गर्सका लागि खेल्नुभएको थियो । उहाँले द चोजेन वन्सविरुद्धको खेलमा आक्रामक ब्याटिङ गरेपछि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement