Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति

रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित घरपरिवार तथा व्यावसायिक प्रतिष्ठानको सम्पत्तिमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) अन्तर्गत गरेको घरधुरी सर्वेक्षणमा घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड र व्यावसायिक प्रतिष्ठानमा ९ अर्ब ६० करोड रुपैयाँको क्षति देखिएको हो। यसमा घरजग्गा, खेतीपाती, पशुपन्छी, सवारीसाधन र घरायसी सामानको क्षति समेटिएको छ। सडक, जलविद्युत्, सार्वजनिक पूर्वाधार तथा वातावरणको क्षति भने यसमा समावेश छैन। आयोगका अनुसार ३ हजार ६१० परिवारको ५०७.९७ हेक्टर जमिन पुरिँदा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। घडेरीको मूल्यमा १३ अर्ब २६ करोड र घर निर्माण लागतका आधारमा ११ अर्ब ९५ करोड रुपैयाँको क्षति भएको छ। त्यस्तै, बहुमूल्य तथा सांस्कृतिक वस्तुमा ५ अर्ब २ करोड, घरायसी सामानमा १ अर्ब ४५ करोड र सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँको क्षति भएको छ। सर्वेक्षणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा गरी ३२ हजार ८७२ जना प्रभावित भएका छन्। नुवाकोटमा १७ हजार ९५४, रसुवामा ९ हजार ६७६, धादिङमा ४ हजार ५८४ र गोरखामा ६५८ जना प्रभावित भएका हुन्। यस्तै, बाढीले ४ हजार १५१ भवन संरचनामा क्षति पुर्‍याएको छ। तीमध्ये २ हजार ९८९ संरचना पूर्ण रूपमा बगेका वा नष्ट भएका छन् भने ३ हजार १९४ संरचना पुन:प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। यसअघि गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) ले पुनर्निर्माण तथा पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको थियो। आयोगले सार्वजनिक गरेको ७९ अर्ब १७ करोड रुपैयाँ भने घरपरिवार र व्यवसायको सम्पत्तिमा भएको क्षतिको प्रारम्भिक विवरण हो। सार्वजनिक पूर्वाधार, जलविद्युत् र अन्य क्षेत्रको क्षतिसमेत समेटेर पूर्ण प्रतिवेदन तयार भइरहेको आयोगले जनाएको छ। The post रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ
ताजा खबरJust now

हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

• हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। • पक्राउ पर्नेमा २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। • उनीहरूलाई अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। ...

नेपालबहस
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
ताजा खबरJust now

विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

काठमाडौँ, कात्तिक १० गते । नेपाल प्रिमियर लिग (एनपिएल) ३ मा चितवन राइनोजले मङगलबार विराटनगर किङ्सलाई आठ रनले हराएर विजयी सुरुआत गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्र... ...

गोरखापत्र
केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’
ताजा खबरJust now

केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको उनको टिप्पणी छ । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा ...

टक्सार
नेता कार्यकर्तासँग गगन थापाले भने- चुनावी तिक्ततालाई अन्त्य गरौँ
ताजा खबरJust now

नेता कार्यकर्तासँग गगन थापाले भने- चुनावी तिक्ततालाई अन्त्य गरौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् ।  बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने जानकारी दिए ।   उनले ११३औँ बिपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष अभियान सञ्चालन गरी जोडिनुपर्ने धारणा राखेका हुन् ।  सभापति ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play