Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

रत्ननगरको अलपत्र सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
रत्ननगरको अलपत्र सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
Photo / Coverage: नेपालन्युज

चितवन। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा लामो समयदेखि अलपत्र रहेको सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। निर्माणाधीन सभाहलको निरीक्षण गर्दै मन्त्री लम्सालले अस्पतालको सेवा विस्तारका लागि उक्त संरचना उपयोगी हुने भएकाले अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयास गर्ने बताए। स्थानीयको माग र आवश्यकताअनुसार सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले नगरपालिकासँग समन्वय गरेर अस्पतालले नै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने बताए। विसं २०७३ देखि निर्माण सुरु भएको सभाहल एक दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकालले पनि सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै यस विषयमा मन्त्रीसँग पहिलेदेखि नै छलफल गर्दै आएको बताए। उक्त संरचना अस्पतालले प्राप्त गरे नर्सिङ कलेज सञ्चालन, बिरामीका लागि थप सेवा तथा अन्य स्वास्थ्यसम्बन्धी गतिविधि विस्तार गर्न सहज हुने उनको भनाइ छ। रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले एउटै नगरपालिकामा दुईवटा सभाहल आवश्यक नभएकाले निर्माणाधीन संरचना अस्पताललाई हस्तान्तरण गर्नु उपयुक्त हुने बताए। बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अङ्कुर पौडेलले अस्पतालमा दैनिक एक हजार ५०० भन्दा बढी बिरामी आउने गरेको जानकारी दिए। भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार गर्न कठिनाइ भइरहेको उनले बताए। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले बिरामीको चाप बढ्दै गएको अवस्थामा सभाहल उपयोग गर्न पाए स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम विस्तार गर्न सकिने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घर अगाडि पार्किङ गरेको स्कोर्पियोको चार वटै चक्का गायब
Latest NewsJust now

घर अगाडि पार्किङ गरेको स्कोर्पियोको चार वटै चक्का गायब

नयाँ दिल्ली । घर अगाडि पार्किङ गरेको स्कोर्पियो गाडीको चार वटै चक्का गायब भएको घटना प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडास्थित सिग्मा–३ सेक्टरमा चोरले स्कोर्पियोको चार... ...

रातोपाटी
इराकी अदालतद्वारा आईएसमा आबद्ध सात फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय
Latest NewsJust now

इराकी अदालतद्वारा आईएसमा आबद्ध सात फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय

गत वर्ष सिरियाली हिरासतबाट इराक स्थानान्तरण गरिएका ४७ जना फ्रान्सेलीविरुद्धको कारबाहीको सिलसिलामा यो फैसला आएको हो ...

कान्तिपुर
अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै
Latest NewsJust now

अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको कला, संस्कृति, सिर्जनशीलता तथा प्रतिभा उजागर गर्ने उद्देश्यले युवा अपाङ्ग संगठन–नेपालले खुला सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २६ गते शनिबार बिहान ११... ...

रातोपाटी
‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’
Latest NewsJust now

‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’

धादिङ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बेनीघाट रोराङ गाउँपालिकाले गरेका प्रयास प्रशंसनीय रहेको बताएका छन्। गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले गरिबी, भौगोलिक विकटता र सामाजिक विभेदका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने, टिकाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने जिम्मेवारी सबैको भएको बताए। गाउँपालिकाले शिक्षाका लागि भिक्षा महायज्ञ आयोजना गरी करिब ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement