Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’
Photo / Coverage: नेपालन्युज

धादिङ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बेनीघाट रोराङ गाउँपालिकाले गरेका प्रयास प्रशंसनीय रहेको बताएका छन्। गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले गरिबी, भौगोलिक विकटता र सामाजिक विभेदका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने, टिकाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने जिम्मेवारी सबैको भएको बताए। गाउँपालिकाले शिक्षाका लागि भिक्षा महायज्ञ आयोजना गरी करिब ६ करोड रुपैयाँ सङ्कलन गर्नु र विपन्न, चेपाङ, असहाय तथा अभिभावकविहीन बालबालिकाको शिक्षाका लागि शैक्षिक उत्थान कोष स्थापना गर्नु सकारात्मक पहल भएको उनको भनाइ थियो। एकीकृत आवासीय विद्यालयको अवधारणामार्फत करिब एक हजार चेपाङलगायत समुदायका बालबालिकालाई आवासीय सुविधासहित शिक्षा दिने प्रयास सामाजिक न्याय र शैक्षिक समानताको उदाहरण भएको उनले बताए। गाउँपालिकाले टोलटोलमा रात्रिकालीन अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै घरघरमै शैक्षिक समीक्षा गर्ने अभ्यास पनि सकारात्मक रहेको अध्यक्ष दाहालले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सन् २०२७ को पहिलो तीन महिनाभित्र निर्वाचन गर्न प्यालेस्टिनी प्राधिकरणलाई आठ देशको आग्रह
Latest NewsJust now

सन् २०२७ को पहिलो तीन महिनाभित्र निर्वाचन गर्न प्यालेस्टिनी प्राधिकरणलाई आठ देशको आग्रह

आठ देशका विदेशमन्त्रीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा लोकतान्त्रिक प्रक्रियाका लागि निर्वाचन महत्त्वपूर्ण रहेको उल्लेख छ ...

कान्तिपुर
प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह
Latest NewsJust now

प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह

पेरिस, मङ्सिर १३ गते । फ्रान्स, बेलायत, क्यानाडा र अस्ट्रेलियासहित आठ देशले सन् २०२७ को पहिलो तीन महिनाभित्र प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह ग... ...

गोरखापत्र
हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको हसिनाको आरोप
Latest NewsJust now

हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको हसिनाको आरोप

नयाँदिल्ली, मङ्सिर १३ गते । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउ... ...

गोरखापत्र
अमेरिकी सहायता कटौतीको असर अमेरिकी किसानमै
Latest NewsJust now

अमेरिकी सहायता कटौतीको असर अमेरिकी किसानमै

अमेरिकी सरकारले विदेशमा खाद्य सहायता कार्यक्रमको बजेट कटौती गरेपछि त्यसको असर विश्वका भोकमरी प्रभावित समुदायमा मात्र नभई अमेरिकाका किसान तथा कृषि व्यवसायीमा समेत पर्न थालेको छ । खाद्य सहायता कार्यक्रमका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement