रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई

काठमाडौं । दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ ले प्रदर्शनको पहिलो आठ दिनमा विश्वभरबाट ६०६ करोड भारु कमाइ गरेको छ । यससँगै चलचित्रले तमिल चलचित्र इतिहासमा पहिलो सातामै सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाएको छ । नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको चलचित्रले प्रदर्शनको सुरुवाती तीन दिनमै विश्वभरबाट ३२५ करोड भारुभन्दा बढी कमाइ गरेको थियो । त्यसपछि पनि चलचित्रको कमाइले गति कायम राखेको निर्माण पक्षले जनाएको छ । जेलर २ ले भारतीय बक्स अफिसमा ३९१.५५ करोड भारु कमाएको छ भने भारत बाहिर विश्वभर २१४.५ भारु कमाएको छ । चलचित्रमा रजनीकान्तको लोकप्रियताले विभिन्न उमेर समूहका दर्शकलाई आकर्षित गरेको छ । घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत चलचित्रले राम्रो प्रदर्शन गरेको छ । ‘जेलर २’ लाई सन पिक्चर्सले निर्माण गरेको हो । पहिलो आठ दिनमा ६०६.०५ करोड भारुभन्दा बढी कमाइ गर्दै चलचित्रले तमिल चलचित्र उद्योगमा नयाँ कीर्तिमान कायम गरेको छ । The post रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
न्युयोर्क । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग ...

टेबल टेनिसमा नयाँ खेलाडी उत्पादन अभियानमा लागेकी नविता
काठमाडौँ । एक खेलाडीका लागि प्रतियोगितामा भाग लिनु र उपाधि जित्नु जत्तिको खुसी के नै होला र ? टेबल टेनिसकी अनुभवी खेलाडी नविता राष्ट्रियस्तरमा पटक-पटक च्याम्पियन बनिन् । तर भनिन्छ... ...

तीन महिनामै खाद्यको व्यापार करोड भन्दा बढी
साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख सात सय ५० रुपैयाँको व्यापनर गरेको हो । ...

एनपीएल उद्घाटनको टिकट आधाघण्टामै सोल्ड आउट
(एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् । ...


