यू-१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा, को को परे ?

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया कपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ।

प्रतियोगिताको पूर्वतयारीका लागि प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरूलाई पोखरामा आयोजना गरिने विशेष बन्द प्रशिक्षणमा समावेश गराइनेछ। आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने यो बन्द प्रशिक्षणमार्फत खेलाडीहरूको क्षमता, लय र फिटनेसको मूल्यांकन गरी अन्तिम टोलीको छनोट गरिनेछ।

क्यानद्वारा सार्वजनिक गरिएको प्रारम्भिक टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, विपिन शर्मा, जोय थापा, सोहिल कुँवर, सौजन घिमिरे, भुपाल दंगाल र दीपक सेमेला रहेका छन्। यसैगरी टोलीका अन्य सदस्यहरूमा शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यान्शु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी, शिवांश बजगाईं, सुगम बुढाथोकी, आशिक बैठा, रौनक श्रीवास्तव, रोहित चन्द, कृतिक कामत, राहुल हक र रोशन शाही समेटिएका छन्।

पोखरामा सञ्चालन हुने यस बन्द प्रशिक्षणले युवा खेलाडीहरूलाई प्राविधिक रूपमा मजबुत बनाउनुका साथै उच्चस्तरीय प्रतिस्पर्धाका लागि टोलीको समन्वय र रणनीति तयार गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

यू-१९ एशिया कप आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमनमा सञ्चालन हुँदैछ ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते
७ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न… ...

स्थानीय र प्रदेशको चुनाव केन्द्रित अभियानमा नेकपा
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय चुनाव र प्रदेशको केन्द्रित अभियानमा लागेको छ । यो पार्टीले शनिबारबाट दुई महिने राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानको मुख्यत: तीन वटा उद्देश्य छ । पहिलो : पार्टीको सदस्यता नवीकरणदेखि समायोजन प्रक्रिया टुंग्याउने र महाधिवेशनको तयारीलाई अन्तिम रुप… ...

आनी छोइङमाथि वरिष्ठ अधिवक्ता त्रिपाठीको आरोप : जेलमा बस्नुपर्नेलाई पुरस्कृत गरियो
७ कात्तिक,बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा हालै मात्र नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र हङकङबाट आएको १६ लाख अमेरिकी डलरबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ । डोल्माको नियुक्तिको विरोधमा आज लुम्बिनीको पर्साचोकमा आयोजित विरोध सभामा बोल्दै स्थानीय वासिन्दा समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले डोल्माको नागरिकता र हङकङबाट आएको रकम विवादमा रहेकाले… ...