काठमाडौं । महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य दिएको छ । आज भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनायो । भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक/एक विकेट लिइन् । भारत भ्रमणअन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले आगामी वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो ।
यु-१९ महिला क्रिकेट: भारतद्वारा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






