युवाका लागि निःशुल्क एआई तालिम, आवेदन खुला

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप सिकाउने उद्देश्यले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयक यो तालिम आगामी कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ। तालिम बिहान १० देखि १२ बजे र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २,००० जना सहभागी हुन सक्नेछन्। तालिममा च्याटजीपीटी र क्लड जस्ता एआई उपकरणको प्रयोग, प्रम्प्ट लेखन, इमेल तथा टिपोट तयारी, तस्बिर र भिडियो निर्माण तथा एआईको जिम्मेवार प्रयोगबारे सिकाइनेछ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान केही व्यक्तिमा मात्र सीमित नभई देशभरका युवाको पहुँचमा पुग्नुपर्ने बताए। उनले भने, ‘प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसरहरू देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्छ। त्यसैले यो निःशुल्क अनलाइन तालिम एआई सम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।’ मन्त्रालयले अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्न लागेको यो पहिलो पटक हो। यसबाट प्राप्त अनुभवले भविष्यमा थप सीपमूलक तालिमहरूको पहुँच विस्तार गर्न मद्दत पुग्ने मन्त्रालयको अपेक्षा छ। इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् र आफूलाई तोकिएको सत्रको जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक अन्तर्क्रिया
काठमाडौँ । सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित यातायात प्रणालीको विकास गर्ने उद्देश्यले काठमाडौँमा ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय... ...

मौसम खुलेसंगै खचाखच पृथ्वीराजमार्ग (फोटो फिचर)
• मौसममा सुधार आएसँगै पृथ्वी राजमार्गमा सवारी साधनको चाप बढेको छ। • काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे र नौबिसे–मुग्लिन खण्डमा सवारीको ओहोरदोहोर ह्वात्तै बढेको छ। • यात्रुहरू ढुक्क भएर यात्रा गरिरहेका छन् र राजमार्ग छेउमा सवारी कुरेर बसेका यात्रुहरूको संख्या पनि धेरै छ। ...

सांग्रिला बैंकको वार्षिकोत्सवमा स्वास्थ्य शिविरदेखि विद्यार्थीलाई शैक्षिक सामग्रीसम्म
• सांग्रिला डेभलपमेन्ट बैंकले २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्यो। • बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निःशुल्क स्वास्थ्य शिविर र विद्यालयका विद्यार्थीलाई सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। • आगामी दिनमा बैंकका सेवाहरूलाई स्मार्ट र आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। ...

अम्बे स्टिलमा आगलागी हुँदा ८ जना कामदार घाइते, २ जनालाई उपचारका लागि भारत लगियो
बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। जानकी गाउँपालिका-५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ८ जना कामदार घाइते भएका प्रहरीले जनाएको छ। आइतबार बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमता) मा विद्युत् सर्ट भएर अचानक आगलागी भएको हो। आगल... ...


